२०८३ कार्तिक १७ गते सोमबार

बसपार्कमा यात्रुको गुनासो- टिकट प्याक भइसक्यो भन्छन्, घर कसरी जानु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १८
1633830577_61616e946888d_bush-park_(4)-1728037822

काठमाडौं– दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ।

दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोंगबुको रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ।

नेपालीहरुको महान् चाड बडादसैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार ९५६, ट्रकमा सात हजार ७४९, सानो मोटरसाइकलमा आठ हजार २८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार ४३५ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।

घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए।

‘विद्यालय बिदा सुरु भएको र काठमाडौँ छोडेर घर जानेको पनि भीड बढ्न थालेको छ । नयाँ बसपार्कमा भीड बढ्न थालेपछि हामीले सुरक्षाकर्मीको सङ्ख्या  पनि थपेका छौँ ,’ उनले भने।

यात्रुहरुको भीड बढेसँगै नयाँ बसपार्कमा हेल्प डेक्स स्थापना गरी यात्रुलाई सहज रुपम यात्रा गराउन, पाकेटमारदेखि सावधान हुन तथा माइकिङ गरिन थालिएको प्रवक्ता अधिकारीले बताए।

यसैगरी दसैँ मनाउनका लागि कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौँका नाकामा सवारीको चाप बढ्दै गएको प्रहरीले जनाएको छ । काठमाडौँको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यात्रुको भीड र सवारी साधनको चाप बढेपछि राजधानी काठमाडौँ छिर्ने र बाहिरिने नाकामा सवारी जाम बढ्न थालेको छ। दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने र घर जानेको सङ्ख्या बढ्दै गएको सुदूरपश्चिम यातायातका काठमाडौँ–धनगढी रुटका बस चालक रमित ओलीले बताए।

‘वर्षाका कारण बाटोको अवस्था खराब छ, तैपनि घर जाने यात्रुले हाम्रा गाडी भरिभराउ हुने गरेका छन् । यात्रुका कारण निकै चहलपहल बढेको छ,’ उनले भने।

हिजो घटस्थापनादेखि काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढेको हो । बिहीबार दिउँसो १२ बजेसम्म बस, माइक्रो, ट्रक, निजी सवारी साधान र मोटरसाइकिल गरी आठ सय २० सवारी साधन काठमाडौँबाट बाहिरिएका ती सवारी साधनमा १३ हजार पाँच सय तीन जना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार आज दिउँसो १२ बजेसम्म पाँच सय ४४ सवारी साधन काठमाडौँ भित्रिएका र त्यसमा सवार छ हजार पाँच सय ५४ यात्रु काठमाडौँ प्रवेश गरेका छन्। प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङख्या पनि अधिक रहेको काठमाडौँ प्रहरीले जनाएको छ।

दसैँका लागि यही असोज २३ गते सम्मका लागि बस काउण्टरले अग्रिम टिकट बुकिङ गरिसकेकाले यात्रुलाई अहिले सहज रुपमा टिकट पाउन मुस्किल परिरहेको काठमाडौँबाट दसैँका लागि घर जान बसपार्कमा पुगेका रोल्पाका ललित मगरले बताए।

‘टिकट काउण्टरले २३ गतेसम्म गाडी प्याक छन् भन्छन, हामीले टिकट पाउन सकेका छैनौँ । कसरी घर जाने बाटोको अवस्था यस्तो छ । दुःख पाइने भयो,’ उनले भने।

बिहीबार पनि नयाँ बसपार्कमा टिकटका लागि यात्रुहरु बिहानदेखि आए पनि सहज रुपमा टिकट नपाएको भन्दै गुनासो गरिरहेका थिए।

प्रकाशित: २०८१ असोज १८ गते शुक्रबार ०५:१५
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना