२०८३ कार्तिक ११ गते मङ्गलबार

समाजको आकर्षण हिंसाप्रति छ

 |  अशोक वाजपेयी
Sanket

अशोक वाजपेयी

काठमाडौँ, असोज १९
ashok_bajpayee1

म हुर्केको सानो सहरमा उतिबेला गुण्डाहरूको समानान्तर सत्ता चल्ने गर्दथ्यो। यो गत शताब्दीको चालीस र पचासको दशकतिरको कुरा हो। उनीहरुलाई गुण्डा होइन, रंगदार भन्ने गरिन्थ्यो। जसरी आजकाल कयौँ गुण्डाहरुलाई राजनीतिज्ञ, गोरक्षक, कहिले सांसद त कहिले मन्त्रीसमेत भनिएको वा देखिइरहेको छ। थाहा छैन,कहिले यस्तो भयो, गुण्डा हुँदाहुँदै पनि यी सबै भूमिकामा कुनै बाधा छैन!

तर अहिले धेरै व्यक्तिको राजनीतिक उन्नयनमा गुण्डाहरूले सहयोग गरेको प्रष्ट देखिन्छ। धेरै राजनीतिक दलहरूमा गुण्डाहरूको फौज छ भएको पनि देखिन्छ, उनका गुन्डा, हाम्रा गुन्डा। यो कुरामा कतिसम्म सत्यता छ मलाई थाहा छैन। पहिले सीपीएमका गुण्डाहरू अहिले तृणमूल कांग्रेसका गुन्डा बनेको कुरा बंगालका धेरै साथीहरूले भनिरहेका छन्।

गुण्डाहरू प्रायः हिंसा, आक्रमण, झगडा, दंगा भड्काउन र निम्त्याउन सहायक हुन्छन्। यसमा विवाद हुन सक्छ, तर गोदी मिडियाका सबैजसो स्वामीभक्त पत्रकार र एंकरहरू हरदिन विभिन्न सूक्ष्म वा कुरूप गुण्डागर्दी गरिरहेको देख्न र सुन्न सकिन्छ। टेलिभिजनमा अभूतपूर्व हिंसा छ र त्यस्तो हिंसा गुण्डावादको अनिवार्य पक्ष हो।

भारतीय समाजको व्यापक मानवीयता, सहानुभूति र संवेदनशीलतामा दिनहुँ कटौती भइरकेको छ। यो दरको कटौती अभूतपूर्व छ। यो त कथित ‘अमृतकाल’मा भइरहेको छ, याद गर्नुपर्ने कुरा यही छ। यसले पनि भारतीय समाजमा हिंसाप्रति आकर्षण बढाइरहेको छ। ‘हामी शान्तिपूर्ण र अहिंसक समाज हौँ’ भन्ने भन्ने मिथक अब चकनाचूर भइसकेको छ।

हालैका दिनहरूमा अयोध्याको प्रसिद्ध राम मन्दिरको सफाई गरिरहेकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। धार्मिक स्थलहरू यहाँसम्मको अनैतिक अत्याचारबाट अछुतो छैन । बरु, लाग्छ त्यस्ता ठाउँ पनि हिंसा र अत्याचारको केन्द्र बन्दै गएका छन्। यतिविधि अत्याचार हुँदाहुँदै पनि हिन्दू समाजमा कुनै उद्वेलन नहुनु विडम्बना हो। यो भन्दा ठूलो बिडम्बना त विद्वताहीन धर्मनेता गुन्डालाई कारबाही गर्ने कुरा उठाउँदैनन्। मुखर भएर निन्दा गर्दैनन्।

हिन्दू धर्म नैतिक संकटमा छ। र यो धर्ममा गुण्डागर्दीको प्रस्ट रूपमा विरोध गर्ने साहस अब बचेको छैन। अनैतिकताको विरोध गर्नु उसको धार्मिक कर्तव्य हो। गुन्डागर्दीलाई राजनीतिमा स्थान मात्र मिलेको छैन,यसले धर्ममा पनि मान्यता पाइरहेको छ। यो कुरा दुर्भाग्यपूर्ण छ।

‘हामी शान्तिपूर्ण र अहिंसक समाज हौँ’ भन्ने मिथक अब चकनाचूर भइसकेको छ।

मेरो बाल्यकालमा फर्किएँ भने पनि मलाई याद छ कि त्यो समयका गुन्डाको व्यापक प्रभावको हुँदाहुँदै पनि अनैतिक मानिन्थ्यो र समाजमा स्वीकार्य थिएन। यसको विपरीत, हामी अहिले जुन स्थितिमा छौं, गुण्डाहरूलाई लगभग वैध मानिन्छ। यसमा न त राजनीतिक दल न त मिडियाले आपत्ति जनाएका छन्।

संविधाननिर्माताहरूले लोकतन्त्रमा गुण्डाहरूको यो हदसम्मको वर्चश्व, प्रभाव र भूमिका निर्णायक हुन्छ भन्ने कुरा कहिल्यै सोचेका थिएनन्। हाम्रो लोकतन्त्र दिनहुँ खराब भइरहेको छ। यसमाथि दिनहुँ बलात्कार भइरहेको छ। एकातिरबाट चोरले बलात्कार गरिरहेका छन्, अर्कोतिरबाट गुण्डाले बलात्कार गरिरहेका छन्। लोकतन्त्रका कतिपय कुरालाई केहीले भयानक लालसाका साथ भोग गरिरहेका छन्।

साहित्य, त्यसमा पनि विशेष गरी प्राज्ञिक क्षेत्रमा विचार र वर्गीकरणका परम्परा छ। एक पटक बनेका विचारहरू पछिसम्म प्रभावशाली भएर अस्तित्वमा रहिरन्छन्। विचार यसरी बाँधिन्छ कि स्वतन्त्र हुनै छोड्छ। र विचारको पुनर्विचार अथवा बाँधिएको धारणाको समीक्षा गर्ने सम्भावना र आवश्यकता लगभग समाप्त हुन्छ।

प्रायः प्रारम्भिक विचारले आफ्नो रुचि र दृष्टिकोणअनुसार वर्गीकरण र विश्लेषण आदि गरेको हुन्छ। त्यसो गर्नेहरू चिनिए उनीहरूको प्रभाव पनि बढ्छ। प्रभावशाली विचारसामु अरू लेखकहरूले पनि आफ्नो स्वतन्त्र विचार व्यक्त गर्ने आँट गर्दैनन्। उनीहरू पनि अर्कैका विचारले काम चलाउँछन्।

विचारको पुनर्विचार (समीक्षा) गर्ने अवसरहरू आइरहन्छन्। कुनै लेखक वा कृति पचास वा सय वर्ष पुगेपछि त्यसमाथि पुनर्विचार गर्नु अनिवार्य हुन्छ। कतिपय संस्था र मुद्राहरूमाथि पनि निश्चित समयपछि पुनर्विचार/नवीकरण गरिन्छन्। तर विचार/धारणाहरूको तथाकथित पुनर्विचार चाहिँ विचारसम्म पनि बन्दैन। न त त्यो लेखक वा कामलाई नयाँ कोणबाट पढ्न कोही सक्षम हुन्छ। प्राय: पहिले नै बनेको विचारमाथि फेरि विचार हुन्छ (पहिलेकै विचारको पुनरुक्ति हुन्छ)। कृति वा लेखकका विषयमा समीक्षा हुँदैन। परिवर्तनशील परिस्थितिमा पनि लेखक वा कृतिलाई दोहोर्‍याएर पढिँदैन। जुन कुरा पहिल्यै दर्ज छ, त्यसैबाट काम चलाउने गरिन्छ।

हिन्दीमा कुनै पनि कृति वा लेखकलाई जबरजस्ती आफ्नो सामाजिक अभिप्रायको आधारमा हेर्ने प्रवृत्ति यति गहिरो भएर गढेको छ कि त्यसबाहेक अरू दृष्टिबाट हेर्न/पढ्न लगभग असम्भव छ। हरेक कृति वा लेखकमा पढ्ने समाजको उद्यम यति सर्वव्यापी छ कि त्यसबाट निस्कने भाषा, संरचना, सङ्केत र अभिप्रायलाई बुझ्ने कुनै प्रयासै हुँदैन, न त कुनै रसास्वादन नै हुन्छ।

हिन्दी समालोचना स्वादहीन र निर्जीव हुनुको एउटा कारण भनेको यसको स्वायत्तता, जटिलता र सूक्ष्मतामा कृति पढ्ने सम्भावना नै बचेको छैन। प्रत्येक रचना विचारभन्दा जटिल र भारी हुन्छ। विचारमा लगभग कथ्यको अधिनायकत्व छ, यस्तोसम्म छ कि रचनाहरू भाषा र शिल्पमा होइन कि विचारका आधारमा रचना गरिएको हुन्। कुनै दृष्टिकोणमा रहेर रचना गरिएको हो, जीवन-घटना, विम्ब, मुखरता र मौनतामा होइन भन्ने कुरा स्थापित छ। यी सबै साहित्यको अवमूल्यन गर्ने काम मात्र हुन्। यो भनेको साहित्यमाथि अन्याय र अत्याचार गर्नु बराबर हो।

विचार विचेचना कठिन-जटिल मामला हो। र हामी जे कुरालाई विचार मानेर चल्छौँ त्यो कुरा नै वास्तवमा विचार हुँदैन, सिर्फ कथ्यको सरलीकरण मात्रै हुन्छ।

खुत्रुकेको खजाञ्जी
केही दिनअघि विनोदकुमार शुक्लाका छानिएका कविता ‘ट्रेजरर अफ पिग्गी बैंक्स’को अंग्रेजी अनुवाद एक कार्यक्रममा सार्वजनिक गरियो। यसको अनुवाद प्रसिद्ध अंग्रेजी कवि अरविन्द कृष्ण मेहरोत्राले गरेका हुन्। उनी अनुवादकको रूपमा प्रसिद्ध छन्। उनका कबीर र रहीका अनुवादहरू बहुप्रशंसित छन्।

विनोदको एउटा कविताको अङ्ग्रेजी अनुवाद केही वर्षअघि विश्वप्रसिद्ध पत्रिका ‘ग्रान्टा’मा प्रकाशित भएको थियो। उक्त कविता पनि यो नयाँ पुस्तकमा समावेश छ। ‘मोडर्न पोयट्री इन ट्रान्सलेसन’, ‘मेटामारफ्रेसेस’, ‘अलमस्ट आइल्यान्ड’ आदिमा पनि केही अन्य अनुवाद प्रकाशित भएका थिए।

पुस्तकको नाम ‘ट्रेजरर अफ पिग्गी बैंक्स’ले चाहिँ मलाई अन्योलमा पार्‍यो। वास्तवमा, यो नाम कवि विनोदको एउटा कविताबाट लिइएको रहेछ। उक्त कुरामा मैले पहिले ध्यान दिएको रहेनछु। पुस्तकमा मौलिक हिन्दी कविताहरू र अंग्रेजी अनुवाद समावेश छन्। पुस्तकको शीर्षक जुराउने उक्त कविता (हिन्दीमा) यस प्रकार छ:

जन्म के साथ एक न एक दिन मृत्यु–
एक जुड़वां जन्म है.
मैं जन्मजात मृत्यु लिए फिरता हूं.
जितने दिन जीवित रहूंगा
अपनी मृत्यु को बचाकर रखूंगा.
परंतु मृत्यु के बाद
गुल्लक (खुत्रुके) में कहीं जीवन जमा रहता है.
गुल्लकों का खजांची बना फिरता हूं
उनके भी गुल्लक का.

द वायरबाट

प्रकाशित: २०८१ असोज १९ गते शनिवार ०५:०५
Sanket

अशोक वाजपेयी

वाजपेयी वरिष्ठ साहित्यकार हुन्।
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना