काठमाडौँ- एभरेस्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो। सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
यस सभाले शेयरधनीहरुलाई आथिृक वर्ष २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र ५.५३५ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै यस सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को लागि श्री एन. अमात्य एन्ड कम्पनीलाई लेखापरीक्षकमा पुन: नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ।
बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्न नियमावलीको नियम २८ (१) (ग) सोहीबमोजिम संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।


