काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत सिँचाई मन्त्रालयले १५ बुँदे स्पष्टीकरण सोधेको छ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १५ बुँदे स्पष्टीकरण सोधेको ऊर्जा मन्त्रालय स्रोतको भनाइ छ।
कुलमानको दोस्रो कार्यकालका ठेक्का, डेडिकेटेड फिडर तथा ट्रंकलाइनलगायत विषयमा कुलमानलाई स्पष्टीकरण सोधिएको छ। यीलगायतका विषयमा प्राधिकरण सञ्चालक समितिका निर्णय पनि मगाइएको छ।
मन्त्रालयका सहप्रवक्ता राजु महर्जनका अनुसार कुलमानलाई १५ बुँदे स्पष्टीकरण सोध्न निर्णय भएको छ।
कुलमान घिसिङले प्राधिकरणमा दोस्रो कार्यकालमा नियुक्त भएयता प्राधिकरणबाट हुनपर्ने कामकारबाही र ठेक्काका विषययमा अनियमितता गरेको आरोप खेप्दै आएका छन्।
ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहानका लागि बोलाइएको थियो। कोरम नपुगेकाले बोर्ड बैठक बस्न सकेन।
यस्तो छ १५ बुँदे स्पष्टीकरण



