काठमाडौँ- अब सवारी साधन चलाउँदा चालक अनुमति पत्र (लाइसेन्स) बोक्न नपर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा पोस्ट गर्दै चालकका लागि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने जानकारी गराएका हुन्।
‘सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँबाटै डिजिटल भुक्तानी गर्न पन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीले जानकारी गराएका छन्। यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको र सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको उनको भनाइ छ।
यो व्यवस्था सोमबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा सुरु हुने प्रधानमन्त्रीको स्टाटसमा लेखिएको छ।
ओलीको स्टाटस


