काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्धभक्तहरूले पार्टी सुधार्न पनि नसक्ने र देश बनाउन पनि नसक्ने ठोकुवा गरेका छन्। महामन्त्री शर्माले एक्समा पोस्ट गर्दै उनले लोभ र डरले विवेक ध्वस्त बनाउने पनि उल्लेख गरेका छन्।
‘अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन,´ एक मित्रको अभिव्यक्ति सम्झिएको उल्लेख गर्दै लेखेका छन्, ‘निश्चयनै `लोभ र डर´ले जब कसैको इमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ। मेसिनबाट मान्छेमा फर्किन्दासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ।’
पार्टीका मानिसहरू सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रूवाबासी नगर्न आग्रह गरेका छन्। महामन्त्री शर्माले अनुसन्धानलाई सहयोग गर्न र अदालतको फैसला कुर्न पनि आग्रह गरेका हुन्।
‘कांग्रेसका दुईचार, एमालेका दुई चार, माओवादी, राप्रपा र रास्वपाका दुई चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं,’ गरेका छन्, ‘अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं।’
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा पक्राउपछि रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गरिराखेको छ। त्यसतर्फ लक्षित गर्दै महामन्त्री शर्माले सडक विलापको जगहँसाइ नगर्न पनि आग्रह गरेका छन्।
‘स्पष्ट हौं, दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता आजको राष्ट्रिय आवश्यकता हो,’ महामन्त्री शर्माको भनाइ छ।
सहकारी बचत रकम अपलचनका विषयमा नेकपा (एमाले) का सांसद सूर्य थापा सभापति रहेको संसदीय विशेष छानबिन समितिले दिएको प्रतिवेदनले प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको पनि स्मरण गराएका छन्।
‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ- प्रचलित कानुनबमोजिम कारबाही गर्नू। तर प्रक्रिया सुरू भएपछि `राजनैतिक प्रतिशोध´ भन्नु संसदीय समिति र संसदकै अपमान होइन र?,’ शर्माको प्रश्न छ, ‘प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति, कि विधि उपर समेतको ठगी?’
रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-`प्रचलित कानुन बमोजिम कार्वाही गर्नु´ l तर प्रक्रिया शुरुभएपछि- `राजनैतिक प्रतिशोध´ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?
प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 23, 2024
रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-`प्रचलित कानुन बमोजिम कार्वाही गर्नु´ l तर प्रक्रिया शुरुभएपछि- `राजनैतिक प्रतिशोध´ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?
प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 23, 2024
काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं l अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं l सडक विलापको जगहँसाई नगरौं l
स्पष्ट हौं- दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 23, 2024


