चौधरी ग्रुपअन्तर्गतका कम्पनीहरूले एक वर्षमा करिब साढे १८ अर्ब रूपैयाँ राजस्व तिरेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको जानकारी दिएको हो।
अघिल्लो आवको तुलनामा चौधरी ग्रुपले पछिल्लो आवमा गरेको योगदान दुई अर्ब ३८ करोड बढी हो।
आर्थिक वर्ष २०७९/८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो।
अघिल्लो आवको तुलनामा यसपालि यो ग्रुपको रास्वज दाखिला १५ प्रतिशत बढी हो।
गत ५ वर्षको अवधिमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रूपैयाँ कर तिरेको जनाएको छ।
आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर तिरेको कम्पनीले जानकारी दिएको छ।
आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको अवस्थामा पनि ग्रुपले राजस्वमा गरेको योगदान भने बढ्दो छ।
नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकेकोमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले खुशी व्यक्त गरे।


