विराटनगर- मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन्। माझी ६९६९ मतका साथ विजयी भएका हुन्।
कांग्रेसका बलराम सरदार थारूले ५३३३ मत ल्याएर दोस्रो भए। यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मत ल्याएका छन्।
यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए।
ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए। माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए।


