काठमाडौँ- दोलखाको गौरिशंकर गाउँपालिकामा अहिले मतगणना जारी छ।
पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवारले दोब्बर मतले अग्रता लिएकी छन् ।
माओवादी केन्द्रका उम्मेदवारले ८०९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले ४४७ मत प्राप्त गरेकी छन्।
त्यस्तै कांग्रेसका उम्मेदवारले २४० मत प्राप्त गरेकी छन् ।
गौरिशंकरमा नेकपा माओवादी केन्द्रले निमलेकी शेर्पा, नेकपा एमालेले उमा लुङ्गेली मगरशेर्पा र नेपाली कांग्रेसले पासदिकी तामाङलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएको छ।


