काठमाडौँ- संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन्।
दक्षिण एशिया भ्रमणका क्रममा उनी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाल रहँदा उनले विभिन्न राजनीतिक भेट र नागरिक समाजसँग कुराकानी गर्ने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।
उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने बताइएको छ।
-रासस


