काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।
सोमबार कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा कार्यसम्पादनको बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे छलफल कांग्रेसको एजेन्डा छ।
बीआरआईका विषयमा पार्टीमा मतान्तर छ। यसमा पार्टी आधिकारिक धारणा बनाउने तयारी सभापति देउवाको छ।
यद्यपि देउवाले यसअघि नै बीआरआईमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेको भनेर सार्वजनिक रूपमा नै प्रशंसा गरिसकेका छन्। देउवाको धारणाविपरीत बैठकले निर्णय गर्ने सम्भावना कम छ।


