२०८३ कार्तिक २० गते बिहिबार

रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २७
rabi_lamichhane

पोखरा- रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धान गर्न कास्की अदालतले प्रहरीलाई यस्तो अनुमति दिएको हो।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक रविसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई समेत ५ दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

यसअघि प्रहरीले लामिछानेलाई थप ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेको थियो। रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा मुद्दा नै दायर गर्ने तयारी प्रहरीले गरेको थियो। तर प्रहरीले मागेजतित समय अदातले दिन मानेन।

लामिछानेसहितका यी ४ जनामाथि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ।

संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको छ। ती सबै ठाउँमा रविको बयान गराइएको छ।

सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ। जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले देखाएको छ। जीबी फरार छन्। रवि र छविमाथि अनुसन्धान भइरहेको छ। सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन्।

यसअघि प्रहरीले कास्कीबाटै रुपन्देही, काठमाडौँ र पर्सा पुर्‍याएको थियो। पर्सामा लामिछानेको बयान पर्सामा एक दिनमा नै पूरा भएको थियो।

पर्सामा लामिछानेले ५४ प्रश्नको सामना गरेका थिए। सानो पाइला सहकारी ठगीको मुद्दा अदालतमा दर्ता भएर विचाराधीन छ। लामिछाने आफू गृहमन्त्री भएका बेला आफूविरुद्ध सबै आरोपलाई किनारा लगाउँदै अनुसन्धान प्रभावित पारेको आरोप थियो। तसर्थ त्यसबेला उनी मुद्दाको दायरामा समेटिएका थिएनन्।

सहकारी ठगी, कीर्ते, सम्पत्ति शुद्धीकरण र संगठित ठगीलगायतका कसुरमा आधारित भएर प्रहरीले अनुसन्धान गरिरहेको छ। उक्त अनुसन्धानको प्रतिवेदन लेखनको कामलाई पनि प्रहरीले तीव्रता दिएको छ।

सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ। लामिछाने जोडिएको प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्‍याएको जानकारी दिएको छ।

सहकारीबाट रकम लिएको विषय आफूलाई जानकारी नभएको जिकिर रविको रहँदै आएको थियो। तर अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋणको ब्याज भुक्तानी गर्नका लागि काटेका चेक बरामद भएका छन्। योसँगै उनले ‘थाहा छैन’ भन्दै आएको कुरा पनि गलत भएको पाइएको छ। प्रहरीले यसलाई सहकारी ठगीको प्रमाणका रूपमा पेस गर्दैछ। यसअघि रविमाथि छानबिन गर्नका लागि बनेको संसदीय समितिले रविले सहकारी ठगी गरेको प्रमाण निकाल्न सकेको थिएन।

स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जीबीले गाडी खरिद गर्न ९२ लाख रुपैयाँ ऋण लिएको समेत प्रहरीले भेट्टाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको मुद्दा अबको ९ दिनभित्र अदालत बुझाउनुपर्ने भएको छ।

लामिछाने ५६ दिनअघि पक्राउ परेका हुन्। यही प्रकरणका आरोपित छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेको थियो। जोशी पक्राउ परेको ८१ दिन भएको छ।

सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान गरिरहेको हुँदा प्रहरीले उनीहरूलाई अधिकतम ९० दिन राखेर अनुसन्धान गर्न पाउँछ। उक्त समयभित्र अभियुक्तमाथि अनुसन्धान पूरा गरेर अदालतमा अभियोजन दर्ता गरिसक्नुपर्छ।

सहकारी ठगीसम्बन्धी ऐनमा अभियुक्तलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ। संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा अभियुक्तलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रावधान छ।

पोखराको सूर्यदर्शन सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान थालेको हो।

प्रकाशित: २०८१ मङ्सिर २७ गते बिहिबार ०४:२५
प्रतिक्रिया

थप समाचार

एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने

काठमाडौँ: अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ...

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट: रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई...

शरद ऋतुमा हिमाल चढ्न १ हजार ४९३ आरोहीले लिए अनुमति, ३२ करोड ३७ लाख रोयल्टी संकलन

अनुमति लिने आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्।

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना