काठमाडौँ- सोमबार सेयर बजारमा पहिरो गएको छ। आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को विन्दुमा पुगेको छ।
३०४ कम्पनीका ६७ हजार ६४८ पटकको कारोबारमा १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँ रहेको छ।
१३ उपसमूहमध्ये सबै राताम्मे हुँदा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।
१५ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन्।
