२०८३ कार्तिक १८ गते मङ्गलबार

रविमाथिको अनुसन्धान प्रतिवेदनमा के छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २
rabi_lamichhane

कास्की- कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी अनुसन्धान जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई ६ सय पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा सूर्यदर्शन सहकारी ठगीको आरोपमा रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय छ। यो प्रकरणमा अहिले ५ जना प्रहरी हिरासतमा छन्।

यसैगरी, यसअघि पक्राउ परेका ९ जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्। उनीहरू १४ जनासहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीको निष्कर्ष छ। उनीहरूबाट १ अर्ब ३५ करोड रुपैयाँ बिगो कायम गरी उक्त रकम असुलउपर गर्नुपर्ने पनि प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सयभन्दा बढी सर्वसाधारणको बचत अपचलनमा लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष र थप ५० प्रतिशत कैद सजाय हुने गरी मुद्दा दायर गर्नुपर्ने प्रहरीको निष्कर्ष छ। यस्तै लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा २ देखि १५ वर्ष कैद पनि माग गरिएको छ। यो मुद्दामा २८ करोड रुपैयाँ बिगो कायम गरिएको छ। बिगोबराबरकै रकम जरिमाना हुने व्यवस्थाअनुसार उक्त रकम पनि रविबाट असुलउपर गर्नुपर्ने प्रहरीको राय छ।

६ सय पेजमा बनाइएको उक्त प्रतिवेदन अध्ययन गरी मुद्दाको मिसिल तयार गर्न सरकारी वकिल कार्यालयले केही दिन लाग्न सक्ने बताएको छ।तसर्थ हिरासतमा रहेका रवि र छविलाल जोशीसहितका ५ जनालाई हिरासतमा राख्ने अनुमति माग गर्दै आजै कास्की अदालत पुर्‍याउने प्रहरीको तयारी छ।

सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका तथा फरार रहेका १९ जनाविरुद्ध २०८० असोज १८ मा मुद्दा दर्ता भइसकेको छ। मुद्दा चलाइएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका जीबी राई फरार छन्, सोही कम्पनीका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि २०८० भदौदेखि कास्की कारागारमा छन्। अब लामिछानेसहितका थप ३२ जनालाई मुद्दा चलाउन र समग्रमा सहकारीको कुल १ अर्ब ३५ करोड असुल गर्न प्रहरीको राय छ।

लामिछानेले सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (छ), (ढ) र (त) को कसुर गरेको प्रहरीको दाबी छ। उपदफा (छ) मा ‘झूट्टा वा गलत विवरण पेस गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएका वा ऋण हिनामिना गरेमा’ कसुर गरेको मानिने उल्लेख छ। खण्ड (ढ) मा ‘मिति, अंक वा व्यहोरा फरक पारी सहीछाप गरी/गराई कागजात बनाई वा बनाउन लगाई जालसाजी गरे वा गराएमा’ कसुर ठहर्ने उल्लेख छ।

खण्ड (त) मा ‘सहकारी संस्थालाई हानिनोक्सानी पुर्‍याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिनामूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानुनी लाभ वा हानी पुर्‍याउने बदनियतले कुनै कार्य गरे वा गराएमा’ कसुर ठहर्ने व्यवस्था छ।

रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलका नाममा १७ वटा बैंकखाता भएको पनि प्रहरीको प्रतिवेदनमा उल्लेख  छ। दम्पतीका नाममा सञ्चालनमा रहेका ती खाताबाट २९ करोडको कारोबार भएको भन्दै उक्त रकमलाई बिगो मान्दै र सोही बराबरको जरिमाना गर्नुपर्ने प्रहरी प्रतिवेदनमा उल्लेख छ।

विभिन्न सहकारीको रकम हिनामिना गरेको कसुरमा लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो। पूर्वडीआईजी जोशी असोज ६ गते पक्राउ परेकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि ९० दिनको हदम्याद अब ४ दिन मात्र बाँकी छ। यो अवधिमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र अदालतमा बुझाएपछि थुनछेक बहस सुरु हुनेछ। थुनछेक बहसपछि अदालतले रविलाई साधारण तारेखमा रिहा गर्ने वा धरौटी रकम लिएर रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलाउनेमध्ये कुनै एक निर्णय सुनाउनेछ।

रविविरुद्ध कास्कीमा मात्र होइन, काठमाडौँ, पर्सा र रुपन्देहीमा पनि सहकारी ठगी गरेको आरोप लागेको छ। ती जिल्लाका सरकारी वकिलको कार्यालयले पनि रविविरुद्धको मुद्दा अदालत पुर्‍याउने तयारीमा छन्।

प्रकाशित: २०८१ पुस २ गते मङ्गलबार ०९:१३
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना