२०८३ कार्तिक २३ गते आईतबार

‘नेपाल-भारत सहकार्य दिगो विकासमा केन्द्रित हुनुपर्छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ५
delhi-20122024090035-1000×0

नयाँदिल्ली (भारत)- दिगो विकासका लक्ष्य हासिल गर्न जलविद्युत्, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा सहकार्य थप बलियो बनाउन नयाँ पहलको आवश्यकता औँल्याइएको छ।

आजदेखि यहाँ सुरु नेपाल-भारत आर्थिक सम्मेलनमा वक्ताहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप सक्रिय तुल्याउँदै द्विपक्षीय साझेदारीलाई व्यवहारमा लागु गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन्।

सम्मेलनको ‘क्षेत्रीय सहकार्य’ विषयक सत्रका वक्ताले दक्षिण एसियाली सहकार्य, लगानी, व्यापार, र पूर्वाधार विकासका अवसर तथा चुनौतीका विषयमा महत्वपूर्ण धारणा राखे। भारतका लागि नेपालका पूर्वराजदूत डा लोकराज बरालले दक्षिण एसियाली क्षेत्रीय सहकार्यमा कमी आएको र क्षेत्रीय सङ्गठन कमजोर बनेको धारणा व्यक्त गरे।

‘सार्कले कुनै ठोस उपलब्धी हासिल गर्न सकेको छैन भने विमस्टेकले पनि उल्लेख्य प्रगति गर्न सकेको छैन। यद्यपि, विमस्टेकअन्तर्गत केही परियोजना पहिचान भए पनि अगाडि बढ्न नसकेको अवस्था छ। नेपाल र भारतले क्षेत्रीय सहकार्यलाई बढावा दिनुपर्छ’, उनले भने।

नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीभसिंह पुरीले दुई देशबीचको सहकार्यलाई राजनीति भन्दा पर गएर आर्थिक र सांस्कृतिक साझेदारीमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। ‘नेपालका धार्मिकस्थल पशुपतिनाथ र मुक्तिनाथ भारतका पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छन्। तर नेपालले यसलाई व्यवस्थित ढङ्गले अघि बढाउन सकेको छैन’, उनले भने।

पुरीले भारतले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको र यसले दुई देशबीच ऊर्जा सहकार्यमा थप टेवा पुग्ने बताए। उनले दुवै देशले जलवायु परिवर्तन न्यूनीकरण र हरित विकासका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए।

‘हामीले एकअर्काको राजनीति बुझेका छौँ। तर हाम्रा सहकार्य क्षेत्र पहिचानमा हामी कमजोर हुँदै गएका छौँ। नेपालले जलवायु परिवर्तन असर न्यूनीकरणको विषयमा पैरवी गर्दै आएकोमा भारतले पनि यसमा साथ दिनुपर्ने आवश्यकता छ’, उनले भने, ‘लगानी भित्र्याउनका लागि नेपालले विभिन्न खालका कोष पहिचान गर्न सक्ने पर्याप्त सम्भावना छ। विश्वभरबाट नवीनतम स्रोत पहिचान र त्यसको प्रयोगमा नेपालले जोड दिनुपर्छ।’

भारतको वित्त मन्त्रालयका सल्लाहकार चञ्चल सी सरकारले अन्तरदेशीय भुक्तानी प्रणाली र डिजिटल पूर्वाधार विकासमा सहकार्य गर्नुपर्ने सुझाव दिए। ‘फाइनान्सियल इन्क्लुजन, स्टार्टअप र फिनटेक क्षेत्रका लागि दुई देशबीच सहकार्यका पर्याप्त सम्भावना छन्,’ उनले भने, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि दुवै देशले धेरै काम गर्न बाँकी छ। खासगरी डिजिटल पूर्वाधार निर्माणका लागि सहकार्य आवश्यक छ। नवप्रवर्तन (स्टार्टअफ) र फिनटेकका क्षेत्रमा सहकार्यका लागि पर्याप्त सम्भावना छन्। सहकार्यका लागि भारत सधै तयार छ।’ दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न पनि दुवै देशले अझ धेरै पहल गर्नुपर्ने आवश्यकता रहेको उनको धारणा थियो।

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक उद्धव प्याकुरेलले नेपाल र भारतबीच खुला सीमाना रहेकामा यसलाई भारतले सैनिक सुरक्षाको दृष्टिकोणले हेर्ने गरेको र नेपालले राजस्व तथा भन्सारसँग जोडेर हेर्ने गरेको बताए।

नेपालले भारतसँग स्थिर विनिमयदर कायम गरेको उल्लेख गर्नुहुँदै प्याकुरेलले यसले दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा कति गहिरो सम्बन्ध राख्दछ भन्ने पुष्टि गर्ने बताए। उनले सुपारी र केराउको अवैध व्यापारको विषय उठाउनुहुँदै यस्ता विषयलाई दुवै देशको सहकार्यबाट नियन्त्रण गर्न सकिने भएपनि त्यसको प्रयास हुन नसकेको बताए। दुई देशबीच व्यक्ति-व्यक्तिबीचको सम्बन्धलाई बढावा दिनसके सुरक्षा चुनौती व्यवस्थापन गर्न सकिने पनि उनको भनाइ छ।

सम्मेलनको अर्को सत्रमा नेपाल-भारत प्रबुद्ध समूहका सदस्यसमेत रहेका प्राध्यापक महेन्द्र पी लामाले नेपाल र भारतबीचको समान उत्पादन र बजार संरचनालाई सहकार्यको आधार बनाउनुपर्ने धारणा व्यक्त गरे।

जलविद्युत् विकासलाई क्षेत्रीय बजारमा जोड्दै संयुक्त प्रशारण प्रणालीको विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले नयाँ आर्थिक करिडोर पहिचान र विकासमा जोड दिए। ‘सूचना प्रविधिका क्षेत्रमा नेपाल-भारतका युवा पुस्ताले प्रगति गरिरहेको छ, र यसलाई अझ प्रवर्द्धन गर्न सकिन्छ,’ लामाले भने।

लगानी बोर्ड नेपालका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जलविद्युत्, सूचना प्रविधि र धार्मिक पर्यटन क्षेत्र पहिचान गरिए पनि ती क्षेत्रमा पर्याप्त लगानी नभएको बताए। उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतका लगानीकर्तालाई होटल तथा अन्य पूर्वाधार निर्माणमा आकर्षित गर्न सकिने सम्भावना औंल्याए।

धार्मिक पर्यटनको राम्रो सम्भावना रहेका नेपालका क्षेत्रमा भारतका लगानीकर्ताले होटल तथा अन्य पूर्वाधार संरचनामा लगानी गर्न सक्ने सम्भावना रहेको बताए। भारतीय लगानीका अरुण तेस्रो, तल्लो अरुण, पश्चिम सेती र एसआर सिक्स, माथिल्लो कर्णाली, डाबर नेपाललगायतका परियोजना नेपालमा अघि बढेको उनको भनाइ छ।

भारतीय विदेश व्यापार संस्थानका उपकुलपति प्राध्यापक राकेश मोहन जोशीले सगरमाथादेखि सागरसम्मको आपूर्ति शृङ्खला तयार पार्न सक्नुपर्ने बताए। वस्तुको मूल्य अभिवृद्धि निर्माण, सहज बजार पहुँच, गैरकर अवरोध हटाइनुपर्नेलगायतका विषयलाई दुवै देशले महत्व दिनुपर्ने उनको भनाइ छ।

नेपाल-भारत आर्थिक सम्मेलनले दुई देशबीच आर्थिक सहकार्यलाई मजबुत बनाउँदै जलविद्युत्, डिजिटल पूर्वाधार, धार्मिक पर्यटन, र युवा उद्यमशीलता जस्ता क्षेत्रमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ। क्षेत्रीय सहकार्यलाई बलियो बनाउन दुवै देशले समान रूपले योगदान दिनुपर्छ भन्ने धारणा वक्ताहरूको साझा निष्कर्ष थियो। रासस

प्रकाशित: २०८१ पुस ५ गते शुक्रबार ०७:२३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना