२०८३ कार्तिक १८ गते मङ्गलबार

संविधान संशोधनका लागि चाँडै संयन्त्र बन्छ : गगन थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ७
Gagan Thapa

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस एकसय दिने अभियान कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका दुई ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका हुन्।

उनले काँग्रेसले र एमाले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिए।

‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ। अब केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ। त्यो संयन्त्र बनाएर यसलाई पनि हामी सम्हाल्छौँ। किनकी धेरै एड्भेन्चर गर्ने ठाउँ छैन। यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं र त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं,’ उनले भने, ‘किनभने यो संविधान भनेको काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन। हामी माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्छौं। दलहरुको बीचमा समझदारी बनाउँछौँ र न्यूनतम कुराहरु संशोधन गर्छौं। एउटा राजनीति दलले निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेला पनि अर्को एउटा सानो दलसँथ टाँसिन जानुपर्ने जुन एउटा बाध्यता छ त्यसबाट संविधानलाई बाहिर निकाल्न पर्नेछ।’

उनले २०८४ को चुनावको कुरा गर्दैगर्दा ०८१–०८२–०८३ को जिम्मेवारीबाट भाग्न नपाइने बताए। कांग्रेसले तीन वर्षमा ०८४ मा यो यो गर्‍यौँ भन्ने हैसियत बनाएर जानुपर्ने भन्दै सरकारको धेरै फेरबदल र चकचक गर्ने च्याप्टर बन्द गर्नुपर्ने धारणा राखे।

‘२०८४ को कुरा गर्दैगर्दा के कुरा गर्न पाइन्न भने ०८१–०८२–०८३ को जिम्मेवारीबाट भाग्न पाइँदैन। सरकारमा बसेको मानिसले सरकारमा बसेर काम गर्छ। २०७९ सालको चुनावमा नेकपा एमाले पनि गयो, कांग्रेस पनि गयो, माओवादी गयो। मिलेर चुनाव लड्यो। यि सबै कुराको बिचमा सबै चुनावमा जाँदै गर्दा कसैले पनि जिम्मा लिएनौँ। सबैले पाँच वर्ष बर्बाद भयो, अब म राम्रो गर्छु भन्यौँ, पाँच वर्षको जिम्मा लिने कोही भएन। तर ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन,’ उनले भने, ‘अब जिम्मा लिनुपर्छ। कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ। यो तीन वर्षमा ०८४ मा योयो गर्‍यौँ भन्ने हैसियत बनाएर जानुपर्छ। अब हामीले जिम्मा लिएर जानुपर्छ। सरकारको धेरै फेरबदल, यताउता गर्ने, धेरै चकचक गर्ने, यस्तो च्याप्टर बन्द गर्नुपर्छ।’

उनले देशभरीको चुनावहरु हेर्दा एकदमै धेरै मङ्गो भएको भन्दै यसलाई छलफलको विषय बनाउन आवश्यक रहेको बताए।

प्रकाशित: २०८१ पुस ७ गते आईतबार १२:४५
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना