काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.९१ अङ्कले बढेको छ। सोमबार २६१२.२० बिन्दुमा झरेको नेप्सेमा ३२८ कम्पनीको कारोबार भएको छ।
आज ८९ लाख ८ हजार ८५१ कित्ता शेयर ५५ हजार ९३८ पटक खरिदबिक्री भएको छ। कारोबार रकम भने ४ अर्ब ४३ करोड २४ हजार ६०३ को भएको छ।
सोमबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९.९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९.९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कूल ४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ।


