काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वासथ्य विभागमा सदस्यहरू मनोनयन गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले विभागमा सदस्यहरूलाई मनोनयन गरेको जानकारी दिएको हो।
मनोनित सदस्यमा डा. लक्ष्मीराज पाठक, कैलाली, डा. मुक्तिराम श्रेष्ठ, अर्घाखाँची, डा. अनिलकुमार झा, सप्तरी, डा. सुमन कर्माचार्य, रामेछाप छन्। यस्तै डा. सुशीलनाथ प्याकुरेल, ललितपुर, श्यामचन्द्र यादव, धनुषा पनि विभागको सदस्य बनेका छन्।
यसैगरी, ईश्वर कार्की, झापा, विष्णुप्रसाद भट्टराई, स्याङ्जा, पुजा फुयाल, सोलुखुम्बु र वुधिसरा सुनुवार, सुर्खेत पनि विभागको सदस्यमा मनोनित भएका छन्। विभागको प्रमुखमा डा चन्द्रमोहन यादव छन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनयन गरिएको कांग्रेसको भनाइ छ।



