काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको हो।
बिहीबार १ लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार बढेर १ लाख ५३ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको छ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार तोलामा १ हजार ७ सय ९० रूपैयाँ रहेको चाँदी शुक्रबार २० रूपैयाँले बढेर १ हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।


