काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) प्रवेश गरेका छन्।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठककै बीचमा अध्यक्ष केपी शर्मा ओलीले चेपाङलाई एमालेमा स्वागत गरेका हुन्।
बैठकको दोस्रो दिन खाजा ब्रेक हुनुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन्।
चेपाङ एकीकृत समाजवादीको आदिवासी जनजाति फाँटका सहइञ्चार्ज हुन्। मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन्।
बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन्। स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाँकी रहेको एमालेले जानकारी दिएको छ।


