२०८३ कार्तिक २३ गते आईतबार

काठमाडौँ महानगरमा अनलाइनबाट मात्र भवनको नक्सा स्वीकृत गर्न निर्देशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २२
bhawan

काठमाडौँ- भवन नक्सा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएकी छन्।

कार्यकक्षमा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीहरुसँग भवन निर्माणको गति, नक्सा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाण पत्र जारी, निर्णायकहरुबाट हुने भवन नक्सा स्वीकृतीको प्रक्रियाका बारेमा जानकारी लिँदै भवनको नक्सा स्वीकृत गर्ने प्रणालीबाट हार्ड कपीसहितको फाइल विस्थापन गर्न दिएकी हुन्।

‘डिजिटल कपी र हार्ड कपी दुवै प्रयोग हुँदा कार्य प्रणालीमा विकृति आउने साना बाटाहरु रहने भए। दुईमध्ये कुन आधिकारिक भन्ने विषयमा प्रश्न आउने भयो,’ उनले भनिन्, ‘विद्युतीय नक्सा पास प्रणालीलाई हामीले पूर्ण कार्यान्वयनमा ल्याएका छौँ भने हार्ड कपी विस्थापन गरौँ। विवरण सुरक्षाका लागि हार्डकपी चाहिने हो भने, स्वीकृत भएको फाइल प्रिन्ट गरेर सुरक्षा गरौँ।’

त्यस क्रममा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेले, इबिपिएस (इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम) मा आधारित नक्सा स्वीकृत प्रणालीमा आधारित सेवा दिन सकिने अवस्था रहेको उल्लेख गरिन्।

लामिछानेका अनुसार चालु आर्थिक वर्षका यस अवधिमा ४७८ वटा भवन नक्सा स्वीकृत भएका छन्। तला थप गर्ने १५ वटा नक्सा स्वीकृत भएका छन्। १ हजार ५९ वटाको निर्माण सम्पन्न प्रमाण पत्र जारी गरिएको छ। १०२ वटा भवनको नक्सा नामसारी गरिएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ३२० वटा भवनको नक्सा स्वीकृत भएको थियो। ६६ वटाको तला थप गर्ने नक्सा स्वीकृत भएको थियो। ३ हजार ७४५ वटाको निर्माण सम्पन्न प्रमाण पत्र जारी भएको थियो। यस्तै १५५ वटाको नक्सा नामसारी भएको थियो।

५ हजार वर्गफुटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्सा स्वीकृत (डीपीसीसम्मको) नक्सा वडाबाटै स्वीकृत हुन्छ। भवनको माथिल्लो भागको स्वीकृति केन्द्रबाट हुन्छ।

१० हजार वर्गफुटभन्दा माथि क्षेत्रफल भएका भवनको नक्सा स्वीकृत गर्न प्राविधिक निर्णायक मण्डलको मूल्याङ्कनबमोजिम हुने गरेको छ।

प्रकाशित: २०८१ पुस २२ गते सोमबार ०५:४२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना