काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा मात्र संविधान संशोधन हुने बताएका छन्।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समापन सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ। तर २०८७ मा मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए।
प्रधानमन्त्री ओलीले २०८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले अकमक्क परेका थिए। केही नेताहरू भने त्यसलाई सच्याउने तर्फ संकेत गरे। उनीहरूले ‘८३ साल होला’ भनेका थिए।
तर प्रधानमन्त्री ओलीले दोहोर्याएरै भने, ‘मैले ०८७ सालमै भनेको हो। ‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौं। तर राष्ट्रिय सभाका कारण सम्भव भइरहेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन त गर्ने नै हो। तर ०८७ मा।’


