विराटनगर- संसदको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई अदालतले धराैटीमा रिहा गर्न आदेश दिएकाे छ। अदालतमा उपस्थित भएकै दिन अन्जला रिहा भएकी हुन्।
मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएकी थिइन्। उनीसँगै २५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो र रहेकी कोइराला बुधबार अदालत उपस्थित भएकी थिइन्।
बुधबारै अदालतमा हाजिर भएकी उनलाई थुनछेक बहसपछि जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।


