काठमाडौँ- घुस रकम बोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दर्ता भएको छ।
आयोगको कञ्चनपुर कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध विशेष अदालतमा बिहिवार मुद्दा दायर भएको हो।
मंसिर २८ गते कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित उनी पुगेका थिए। उनी सोही स्थानबाट पक्राउ परेका थिए। त्यसबेला उनी अछाम जिल्ला मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत थिए।
घुस रकम बोकेर पुगेका सापकोटाले अनुसन्धान अधिकृतसँग सापकोटाले आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएका थिए। लगत्तै सोही दिन उनलाई पक्राउ गरिएको थियो।
मल्लेखमा हुँदा उनले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ।


