काठमाडौं– १० दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड सरकारले आज वार्षिक नीतिक तथा कार्यक्रम प्रतिनिधिसभामा प्रस्तुत गर्दै छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ।
संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन्।
सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
संसद् सचिवालयका अनुसार राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमममाथि ७ देखि ९ जेठसम्म राष्ट्रिय सभामा छलफल हुनेछ। छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले ९ जेठमा जवाफ दिने कार्यक्रम तय भएको छ।


