२०८३ कार्तिक १८ गते मङ्गलबार

रबिनको उत्पादन : देउता बनाउने कारखाना

 |  सचिन्द्र श्रेष्ठ
Sanket

सचिन्द्र श्रेष्ठ

काठमाडौँ, पुस २७
deuta_banaune_karkhana

अघिल्लो महिना रबिन शर्माले लेखेका ‘देउता बनाउने कारखाना’ कवितासङ्ग्रह कवि भाइ दीपसागरमार्फत प्राप्त गरेँ। गद्यमा कविताको सङ्ग्रह पढेर भिन्दै स्वाद लिन पाइयो।

हाम्रो नेपाली वाङ्मयमा गद्य कविताका प्रथम कवि गोपालप्रसाद रिमालले जनभावना र चाहनालाई कवितामा छर्लङ्ग उतार्दै भनेका छन्- ‘लय चाहियो, पद्यमा होस् या गद्यमा। गद्यमा शब्दको लयभन्दा बढी अर्थको लय हुन्छ।’ सोही कुरा मलाई रबिन शर्माको यी कवितामा आभाष हुन्छ।

यस छोटो आलेखमा कवि रबिन शर्माको कवितासङ्ग्रहभित्रका गद्य कविताले अहिलेको र उहिलेको समाजको प्रतिबिम्बमा कविताले ओगटेको विचारका बिम्बहरुलाई यहाँ चर्चा गर्ने जमर्को गरिएको हो।

३९ फुटकर कविता संग्रहित ‘देउता बनाउने कारखाना’ यसैको उपज हो। देशविदेशमा रहँदा उत्पन्न भएका मनका बाडुल्कीलाई एउटा संग्रह बनाएर पाठकसमक्ष ल्याउन सफल छन्।

परदेश बसेर पनि नेपाली साहित्यमा यस्तो रूचि हुनु ठुलो कुरा हो। परदेशमा समय निकालेर प्रतिभा प्रस्फुटन गर्नु चानचुने पक्कै होइन। कामको व्यस्तता, विदेशको नियम कानुनसँग पौँठेजोरी गर्दै साहित्यलाई अगाडि बढाई अनेसासको केन्द्रीय सचिवसम्म बनेका पर्वतका कवि हुन् रबिन शर्मा।

साहूको ऋणको भारी र छोराको कर्तव्यलाई बिम्बमार्फत कविले आफूलाई नै कवितामा उतारेका छन्।

अहिले हरेक घरका एक जना परदेशी भूमिमा आफ्नो सपनाको लिलामी र घर ऋण परिवारको बाध्यता चिर्न परदेश लागेका सबै हामी नेपालीलाई मन छुने खालको कविता ‘माथि माथि उडेका सपना’ले दर्शाउँछ। उनका कविताले देश परदेसको पीडा बोलेको छ।

तन जहाँ भए पनि हाम्रो मन मस्तिष्क हरेक क्षण आफ्नो देश धर्ति मातालाई नै सम्झिएको कवितामा छरपस्ट छ। उनका हरेक हरफले विदेशका गगनचुम्बी घर होस् या एसआराम भन्दा आफ्नो देशको माया ममताले भरिएको पाइन्छ।
‘साकुराको देशबाट’, ‘साकुरा’, ‘सपनामा’ होस् या ‘सेकेण्ड सुई’मा नै किन नहोस्, हरहरफले देशप्रेम छचल्क्याएको छ।

मेरो पनि अन्तिम गन्तव्य
पर्वतको चुवा गाउँ नै हो
आँखा उघार्दा पो
यी आँखाले
ओसाका देख्छन्
टोकियो देख्छन्…

‘आमा, म घर फर्केँ’ शीर्षकको पहिलो कवितामा आमाप्रतिको सामीप्यता र परदेश जानुपर्ने बाध्यताका सिँढी गहिरिएर पोखिएको पाइन्छ। आमाबा र परिवारको सुख, शान्ति र सुरक्षाको अनुभूति यो कवितामा कविभित्रको मातृत्व पोखिएको छ।

‘तीन पुस्ता र कर्म’ कविता एउटा सशक्त बिम्ब प्रयोग गरिएको कविता मलाई लाग्छ। साहूको ऋणको भारी र छोराको कर्तव्यलाई बिम्बमार्फत कविले आफूलाई नै कवितामा उतारेका छन्।

विदेशमा समेत वीरताको गाथा बोकेका र कहिल्यै दुश्मनसामु नहारेका हामी नेपालीको शीर सदा ठाडो बनाउन सफल इतिहास भएपनि ‘लडाईँमा लाहुरेको गीत’ले भने आक्रोश पोखेको छ।

‘देउता बनाउने कारखाना’मा प्रशस्त मात्रामा उपमा अलङ्कार प्रयोग गरिएको छ। कवितामा उसैगरी आफ्ना मनका पीडा, आक्रोश लाग्छ जसरी जिन्दगीसँग उनले धेरै नै ठक्कर खाएर क्रान्तिकारी विचार पोखिएको देखिन्छ।

‘आराध्याको पहिलो दशै’ आफ्नो छोरीको खुसी, चाहना, रहरको बाछिटालाई आउने पिडीलाई समेत थाहा हुने गरी कविले छोरी प्रतिको मायालाई पोखेका छन्।

‘पत्थरको दिल’ नामक कविताले विस्मृत हुन नसकेका पलहरुको पुनरावृत्ति ताजा हुनुले आफ्नो मस्तिस्कमा आएको देखिन्छ।प्रेम बिछोड र सपनामा समेत उही मायालुको सम्झना आइरहने भावलाई कवितामार्फत आफ्नो प्रेम पोखेका छन्। ‘प्रणय, परदेश र प्रतीक्षा’ कवितासमेत यही माया विछोडको संगम हो भनेर फरक नपर्ला।

‘बचपन’मा हामी कस्ता खाल्का हुन्छौँ, न केही चिन्ता, न जिम्मेवारी, मात्र रमाइलो गर्ने डुल्ने, हिँड्ने र खाने काम! कविले आफ्ना मनका कलिला चाहनालाई कविताबाटै व्यक्त गरेका छन्।

लैंगिक विभेद, निराशावादी सोच, देशमा मौलाउँदै गरेको भ्रष्टाचार, नेताप्रति जनताको साँघुरो सोचका विषय ‘सरकारलाई प्रश्न’ कविताले तीखो गरी व्यङ्ग्यात्मक शैलीमा उधिनेका छन्।

राष्ट्रप्रेमले ओतप्रोत ‘गुरु आमा नेपाल’, ‘देश या चौतारी’मा देशको माटो बोलेको छ।

‘सिन्दूर’ भन्ने बितिकै नारीवादी देखिन्छ। विवाह गरेको भोलिपल्टै पतिको वियोगमा परेकी पत्नी, पति परदेश जाँदा पत्नीको विरहलाई लेख्ने र बोल्नेभन्दा भोग्नेलाई बढी अनुभूति हुन्छ। सदियौंदेखि सनातनी बनेर जरा गाडेको पुरुषवादी सोचले महिला बन्धक भएका छन्, त्यस आवाजलाई यस कविताले बुलन्द पारेको छ।

विदेशमा समेत वीरताको गाथा बोकेका र कहिल्यै दुश्मनसामु नहारेका हामी नेपालीको शीर सदा ठाडो बनाउन सफल इतिहास भएपनि ‘लडाईँमा लाहुरेको गीत’ले भने आक्रोश पोखेको छ।

कविताका माध्यमबाट कवि सामाजिक, आर्थिक र व्यवहारिक चेतनाको विकास गर्न चाहन्छन् कवि। कविताको भाषाशैली सरल र सहज देखिन्छ। जोसुकै पाठक कविता पढ्न सक्दछन्। कही अलिअलि कविता केही अशुद्ध हो कि भन्ने पनि सर्सती पढ्दा भान हुन्छ।

सामाजिक विषय विसङ्गतिलाई सुक्ष्म रूपमा चित्रण गरिएको छ। आयामका दृष्टिले छोटा, रसका दृष्टिले कोमल र शब्दशक्तिका दृष्टिले व्यङ्ग्यार्थक कविता यस सङ्ग्रहमा पढ्न पाइन्छ। प्रत्येक कविताका छुट्टाछुट्टै बिम्ब सन्देश दिएको छ। अर्को कुरा उनको कवितामा विविधता हुँदाहुँदै पनि विषय कही कतै नदोहोरिई पढदापढ्दै सकिएको थाहै हुँदैन।

आफूलाई सचेत जागरूक युवाकविका रूपमा पहिलो कृतिमार्फत उभ्याउँदै सामाजिक कुसंस्कार, लैङ्गिक विभेद, दण्डहीनता, प्रकृतिप्रेमी र जबर्जस्ती लादिएका दबिएका सनातनी मूल्यमान्यता सोचको विरोधमा बहस गरेका छन्।

प्रकाशित: २०८१ पुस २७ गते शनिवार ०१:४१
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना