२०८३ कार्तिक १८ गते मङ्गलबार

एमालेसँग २०८४ को निर्वाचनमा जाने कुनै एजेण्डा छैन : कांग्रेस नेता सत्तार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २७
palika

नेपालगञ्ज- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले नेकपा एमालेसँग २०८४ को निर्वाचनमा जाने कुनै एजेन्डा नभएको बताएका छन्। नेपाली कांग्रेस बाँकेले आयोजना गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता सत्तारले नेकपा एमालेसँग २०८४ को निर्वाचनका लागि कुनै एजेन्डा नभएपछि संविधान संशोधनको सहमतिबाट पछि हटेको बताएका हुन्।

उनले भने,’नेकपा एमालेसँग २०८४ को निर्वाचनमा जान कुनै एजेन्डा छैन। अब हिजो मुलुकलाई स्थिरता दिने र संविधानमा रहेका कमी-कमजोरी सुधार गर्नका लागि संविधान संशोधनको विषयलाई २०८७ मा गर्ने कुरा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको हो। प्रधानमन्त्री ओलीले अहिलेदेखि नै २०८४ को निर्वाचनबाट एमालेलाई ठूलो पार्टी बनाउनुस्, त्यसपछि एमालेले संविधान संशोधन गरेर देखाउँछ भन्‍नेजस्ता अभिव्यक्ति दिन थाल्नुभएको हो। यो दुई ठूला दलबीच भएको सहमति विपरीत छ।’

नेता सत्तारले नेकपा एमाले एजेन्डाविहीन बनेपछि डराएर संविधान संशोधनको विषयलाई धकेल्न खोजेकोसमेत बताएका छन्। उनले भने, ‘नेपाली कांग्रेस हिजो सरकार गठनका समयमा गरिएको ७ बुँदे सहमति कार्यान्वयन गराउनका लागि अडिग रहेको छ यसमा कुनै इफ यदिको कुरा छैन। २०८४ को निर्वाचनअघि नै संविधान संशोधन गरिनुपर्दछ।’

कांग्रेस नेता सत्तारले यस्तो समयमा पार्टीलाई बलियो बनाउनुपर्ने र यसका लागि संगठनलाई बलियो बनाउनुपर्नेसमेत बताएका छन्। कांग्रेस नेता सत्तारले थपे, ‘पार्टी संगठन बलियो भएको अवस्थामा मात्रै पार्टी बलियो हुन्छ। पार्टीका नेताहरुले गुटको कुराको अन्त्य गरिनुपर्छ। हिजोका हाम्रा नेताहरुले गरेको योगदानको कुरा गरेर मात्रै अब पुग्‍नेवाला छैन।’

कांग्रेसले आगामी १५ वर्षमा मुलुकलाई कुन दिशामा डोर्‍याउने भन्‍ने विषयलाई केन्द्रमा राखेर योजना बनाउनुपर्नेसमेत बताएका छन्। उनले भने, ‘नेपाली कांग्रेसलाई भोलिका दिनमा जनताले चाहेको जस्तो बनाउन सकिन्छ कि सकिँदैन। नेपाली जनताको अपेक्षा अनुसारको पार्टी बनाउनका लागि हामी एकताबद्ध भएर लाग्‍न आवश्यक छ। नेपाली कांग्रेसले आगामी १५ वर्षमा के गर्न सक्छ भन्‍ने खाका तयार गरेर हामी काम गर्नुपर्छ। हिजोका दिनमा सुशासनका लागि नै लडेको नेपाली कांग्रेसले आज जति काम गर्नुपर्ने हो, त्यस अनुसारको काम गर्न सकिरहेको छैन।’

नेता सत्तारले पार्टीले सधैं सत्तामा रहेको आरोप खेपिरहेको र यसबीचमा हामी के गर्‍यौं भन्‍ने विषयलाई बुझाउनुपर्ने बताएका छन्। उनले भने, ‘मुलुकको अर्थतन्‍त्र अहिले सेलाएको छ। नेपाली कांग्रेसले सधैं सत्तामा रहेको आरोप खेपिरहेको छ तर पार्टीले एकल बहुमत ल्याएर सरकार चलाउन पाइरहेको छैन। २०५१ सालमा मुलुक गृहयुद्धमा फस्यो, त्यसबाट बाहिर निकाल्न हामीले २०६२-०६३ सम्म कुर्नुपर्‍यो। त्यसयताको १० वर्ष संविधान निर्माणमा बिताउनुपर्‍यो। अब मुलुकलाई राजनीतिक स्थिरता दिएर आर्थिक समृद्धिको बाटोमा लैजाने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ। यसका लागि देशभरका नेता-कार्यकर्ताहरु एकताबद्ध भएर लाग्‍न जरुरी छ।’

प्रकाशित: २०८१ पुस २७ गते शनिवार ०९:५१
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना