काठमाडौँ- साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो।
शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै आइतबार चाँदी पनि १५ रुपैयाँले बढेको छ।
शुक्रबार १ हजार ८४५ रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।


