काठमाडौँ – नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डिआइजी) मा बढुवा भएका छन्।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ५ पदमा डीआईजी बढुवा गरेको हो।
ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलियाको बढुवा भएको हो। चार डीआईको बढुवा र एक जना अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा उनीहरूको बढुवा भएको हो।
डिआइजीहरू रविन्द्र केसी, भरतबहादुर बोहरा, कुबेर कडायत र दुर्गा सिंह बढुवा भएका थिए भने अर्जुन चन्द ठकुरी अनिवार्य अवकाशमा गएका थिए।


