काठमाडौँ – शुक्रबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १३ सय रुपैयाँले बढेको हो। जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यता शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ।


