काठमाडौँ- धरानका मेयर हर्क साम्पाङसँग भेट गर्न अस्वीकार गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर धरानको खानेपानी समस्याप्रति ध्यानाकर्षण गराउनका लागि हर्क साम्पाङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेपनि प्रधानमन्त्रीले भने उनीसँग भेट गर्न अस्वीकार गरेका हुन्।
साम्पाङले रित्तो गाग्री बोकेरै प्रधानमन्त्री कार्यालय जाने योजना बनाएको थियो। तर सिंहदरवार परिसरबाट प्रहरीले रित्तो गाग्री भने नियन्त्रणमा लिएको थियो।
मंगलबार बिहान प्रहरीले रित्तो गाग्री नियन्त्रणमा लिएपछि गाग्रीबिनै मेयर हर्क साम्पाङ सिंहदरवार प्रवेश गरेका थिए।
हर्क साम्पाङले खानेपानीको विषयलाई चुनावी मुद्दा बनाएका थिए। सोही मुद्दाका कारण उनले नतिजा आफ्नो पक्षमा पनि पारेका थिए। तर धरानमा खानेपानीको समस्या समाधान गर्न दिगो कार्यक्रम अघि बढेको छैन।
धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएपनि अभाव उस्तै छ।





