२०८३ कार्तिक २३ गते आईतबार

‘कर्जा उठाउने बेला बैंकका कर्मचारीमाथि आक्रमण हुन्छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ८
nba

काठमाडौँ- नेपालको अर्थतन्त्र अझै पनि संकटपूण र तनावपूर्ण अवस्थामा रहेको सरोकारवालाहरुले बताएका छन्। नेपाल बैंकर्स संघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरुले अर्थतन्त्रमा समस्यामै रहेको औँल्याएका हुन्।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ग्रोथको हिसाबले बलियो रहे पनि अर्थतन्त्रमा भने धेरै परिवर्तन हुन नसक्ने बताए।

‘यस वर्ष र आगामी दुई वर्षमा विश्वव्यापी रुपमा धेरै परिवर्तनको अपेक्षा गर्न सकिदैन,’ उनले भने, ‘नेपालको सन्दर्भमा हेर्दा अलिकति बलियो जस्तो देखिन्छ। विश्वव्यापी रुपमा समस्याहरु भएपनि नेपालमा जीडीपी ग्रोथको लागि अलिकति ठाँउ छ।’

यसको साथै, उनले पछिल्लो समय पर्यटन क्षेत्रमा केही सुधार भएको, आयात निर्यातको क्षेत्र पनि सही दिशातर्फ गइरहेको बताए।

सोही क्रममा नेपाल बैंकर्स संघका अध्यक्षमा सन्तोष कोइरालाले अर्थतन्त्र अहिले तनावपूर्ण अवस्थामा नै रहेको औंल्याए। उनले भन्दै लोनको ग्रोथ सोचे अनुसारको हुन नसकेको बताए।

कोइरालाले बैंकहरुले कर्जा रिकभरी (उठाउने) क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए। उनले बैंकका कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे।

कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरुको सामना गर्नुपरेको कोइरालाको भनाइ थियो। विशेष गरी स्थानीय तहको सहयोगको अभावले बैंकहरुलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको उनले बताए।

उनले लोन उठाउन जाने क्रममा कर्मचारीहरुमाथि हातपात हुने गरेको गुनासो गरे। ‘अर्थतन्त्र अहिले तनावपूर्ण अवस्थामा छ। लोनको ग्रोथ सोचे अनुसारको हुन सकेको छैन्। डिमान्ड राम्रो छैन। विभिन्न ठाँउमा लोन उठाउन जाने क्रममा कर्मचारी साथीहरुलाई विभिन्न खालको हमलाहरु हुने गरेको छ,’ उनले भने, ‘यस बारेमा सरकारसँग पनि कुरा भएको छ। सुरक्षाको बारेमा पनि कुरा उठाइरहेका छौं। नकारात्मक कुराहरु धेरै आइरहेको समयमा सकरात्मक पक्षहरुलाई पनि महत्व दिएर अगाडी बढ्न आग्रह गर्न चाहन्छु।’

त्यस्तै संघका उपाध्यक्षसमेत रहेका ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले ऋणी र बैंकबीचको सुमधुर सम्बन्ध भएको र ऋणीलाई विश्वास गरेर नै ऋण लगानी गर्ने बताए।

प्रकाशित: २०८१ माघ ८ गते मङ्गलबार ०६:३३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना