काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले नपाए संसद् बहिष्कार गर्ने चेतावनी नेकपा माओवादी केन्द्रले दिएको छ।
नेकपा माओवादी केन्द्रका सांसद सांसद अमनलाल मोदी समितिको बैठकमा नै यस्तो चेतावनी दिएका हुन्।
बुधबार बसेको लेखा समिति बैठकमा मोदीले सभापति ऋषिकेश पोखरेलले मार्गप्रशस्त गर्नुपर्ने उनको माग थियो। पोखरेलले नयाँ सभापति चुन्ने बाटो नखोले संसद बहिष्कार गर्ने चेतावनी दिएका हुन्।
‘प्रधानमन्त्री र लेखा समितिका सभापति एकै पार्टीको हुँदा कहीँ न कहीँ तारतम्य मिलेन,’ उनले भने, ‘यो कुरा हामीले पटकपटक भन्दै आएका छौँ। हिजो पनि भन्यौँ। भोलि पनि भन्छौँ। र संसदसम्म बहिष्कार गर्न सक्छौँ।’
मोदीले अहिलको अध्यादेशले व्यापारीहरुलाई खुलमखुला कालोबजारी गर्न बाटो खुल्ला गरिदिएकोसमेत आरोप लगाए।
डेडिकेटेड र ट्रंकलाइनको बक्तौता तिर्नका लागि सेटिङमा सिमेन्टको मूल्य बढाइएको हुन सक्ने प्रश्न सिर्जना भएको उनको भनाइ थियो।


