काठमाडौँ– नेपाली बजारमा बिहिवार सुनको मूल्य घटेको छ।
निरन्तर बढी रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहिवार सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधवार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो।
यस्तै आज बिहिवार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।


