बुटवल- रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ।
बिहीबार लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सकिएको हो। पीडित पक्षका दुई वकिलको बहस बाँकी रहेको छ।
रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार गोविन्द ज्ञवालीले पीडित पक्षका बाँकी वकिल र रविका तर्फबाट भोलि बहस हुने जानकारी दिए।
सरकारी पक्षबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन्।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको बहसमा उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन्।


