काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता वितरण अनलाइन प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाउने नीति लिने भएको छ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन्।
स्थानीय मार्फत भुक्तानी हुँदै आएको सामाजिक सुरक्षा भत्ता अब विद्युतीय प्रणालीबाट सिधै लाभग्राहीको खातामा पठाउने व्यवस्था मिलाइने कार्यक्रम घोषणा गरिएको हो।


