२०८३ कार्तिक १७ गते सोमबार

गुइँठाकै भरमा तराईका महिला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १३
mahila-1737809768

पथरी (मोरङ) – मोरङको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ।

माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या। बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनु पर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको।

सीता चौधरीको पाँच जनाको परिवार छ। उक्त परिवारका लागि खाना पकाउनैपर्ने बाध्यता छ सीतालाई। श्रीमान्को सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन। ‘ग्यास चलाउन सकिँदैन, जङ्गल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैलाई ग्राहो हुन्छ’, चौधरीले भनिन्, ‘ग्यास चलाउन नसक्नेले दाउराको विकल्प गुइँठा तयार गर्नु परेको छ।’

ग्रामथान–५ कि सीता चौधरीको जस्तै व्यथा छ रङ्गेली आमगाछीकी ललिता नुनियाको। नुनिया हिउँद सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउन थाल्छिन्। काँचो गोबरलाई सनपाटको सुन्टीमा टाँसेर सुकाएपछि गुइँठा बन्ने गरेको छ। दक्षिणी मोरङमा यसैलाई दाउराको विकल्पका रूपमा प्रयोग गर्ने गरिन्छ। तराईको समथल उब्जाउयोग्य खेतबालीमा हाल्नुपर्ने गोबर गुइँठा बनाएपछि दक्षिणी मोरङका किसान खेतमा रासायनिक मल हाल्न बाध्य छन्। गोबरलाई मलका लागि खेतमा हाले दाउराको समस्या हुने उनको भनाइ छ।

दक्षिणी मोरङको रङ्गेली, सुनवर्षी, ग्रामथान, रतुवामाई र कटहरी क्षेत्रका निम्नवर्गका परिवारका महिलाले खाना पकाउने दाउराका रुपमा गुइँठा नै प्रयोग गर्ने गरेका छन्। गुइँठा बाल्दा निस्किएको धुवाँले आँखा र स्वास्थ्यमा समस्या देखिएको छ। ग्रामथान–५ कि सीता चौधरी र आमगाछी कि नुनिया जस्तै यस क्षेत्रका गृहिणीको दिनचर्या हो गोठबाट गोबर सङ्कलन गरेर गुइँठाको दाउरा बनाउनु।

दक्षिणी मोरङका अधिकांश बासिन्दा गोबर सङ्कलन गरी सुन्ठी, बाँस, परालका टुक्रा मिसाएर दाउरा बनाउने गर्दछन्। बनाएका दाउरा सुकाएर खाना बनाउन प्रयोग गरिने स्थानीयवासी बताउँछन्।मोरङको उत्तरी क्षेत्रमा घना जङ्गल भए पनि दक्षिणी मोरङमा भने दाउराकै लागि गोबर प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ। दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनुपर्ने बाध्यता रहेको स्थानीय परमेश्वर नुनियाले बताए। खेतमा प्रयोग गर्नुपर्ने गोबर मल दाउराका रूपमा प्रयोग हुँदा खेतमा मलको अभाव भएको छ भने स्वास्थ्य सम्बन्धी समस्या समेत मानिसमा देखिन थालेको छ।

गोबर मल खाना बनाउन प्रयोग गर्नुपर्ने भएपछि यस क्षेत्रका किसानले रासायनिक मलको प्रयोगमा जोड दिँदै आएका छन्। कृषकले बारिमा लगाउने गोबरलाई गुईठा बनाउन प्रयोग गर्नाले ५० प्रतिशत मलको अभाव र रासायिनक मलको प्रयोगले थप ५० प्रतिशत माटो बिग्रिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताए। उक्त क्षेत्रमा दाउराको सहजता मात्र हुने हो र रासायनिक मलको ठाउँमा आफ्नै बारीमा उत्पादन हुने प्राङ्गारिक मल प्रयोग गरे उत्पादनमा वृद्धि हुने उनको भनाइ छ।

खेतको उत्पादनमा ह्रास आएको कृषि विज्ञहरू बताउँछन्। स्वास्थ्यकर्मीका अनुसार दाउराका रूपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हानिकारक छ। यसले भान्सामा काम गर्नेलाई श्वासप्रश्वास, दम र अन्य फोक्सोसम्बन्धी रोग लाग्न मोरङ हस्पिटलका डा. उमेश गुरागाईंले बताए।

प्राङ्गारिक मलका लागि प्रयोग हुने गोबरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्नुभन्दा वैकल्पिक साधन प्रयोग गरेर खाना बनाउन विज्ञहरूको सुझाव छ। मोरङका दक्षिणी भेगका स्थानीय बासिन्दालाई वन पैदावारको हकदार बनाउन सामुदायिक वनले प्रयास थाले पनि सरकारी नीतिकै कारण समस्या आएको सामुदायिक वन उपभोक्ता समिति प्रदेश नं १ का सचिव अग्नि पौडेलले बताए।

सामुदायिक वनको क्षेत्र बाहिर रहेका जनतालाई समेट्न साझेदारी वन गठन भए पनि साझेदारी वनमा सरकारी नीतिका कारण दाउराका रूपमा भएका वन पैदावार बिक्रीवितरण गर्न सकिएको छैन। गरिबको पहुँचमा वन पैदावार नहुँदा स्थानीय खाना पकाउन दाउरा बाल्न बाध्य छन्। सरकारी नीतिअनुसार वन पैदावार डाक बढाबढमा बिक्री हुने गर्दछ। यसरी बिक्री भएको वन पैदावार पहुँचवालाले नै लिने हुँदा विपन्नमा दाउराको समस्या भएको वनसम्बन्धी सरोकार भएकाहरू बताउँछन्। रासस

प्रकाशित: २०८१ माघ १३ गते आईतबार ०८:४०
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना