२०८३ कार्तिक १७ गते सोमबार

हरायो धान नाच, गाइन छाड्यो पालम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १३
dhan-nach-1737872131

तेह्रथुम- पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ।

याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ। पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर समितिका अध्यक्ष साम थाम्देनले बताए।

उनका अनुसार उसबेला मेलाहाट, बिबाह, बर्खान्तजस्ता जमघटमा मात्र नभएर युवायुवतीबीच भाका राखी निश्चित ठाउँमा भेट गरेर पनि धान नाच्ने गरिन्थ्यो। तर अहिले त्यतिबेला जस्तो धान नाचेको कतै देखिँदैन। समयक्रमसँगै धाननाच बेलाबखत आयोजना हुने कार्यक्रमका स्टेज र भिडियोमा सीमित हुन पुगेको छ।

धाननाच याक्थुङ (लिम्बू) जातिको एक सम्मानित सांस्कृतिक नाच भएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ बताउँछन्। उनका अनुसार धान नाच्नपूर्व केटा पक्ष र केटी पक्षबीच साइनो सम्बन्ध केलाइन्छ। यदि साइनो–सम्बन्ध लागेमा क्षमायाचना गर्दै छुट्नुपर्छ। धाननाचका क्रममा अञ्जानवश एकले अर्काको खुट्टा टेकिएमा वा जीउमा छुन पुगेमा दुईहात जोडेर माफी माग्नुपर्छ।

धान नाच्दा पालाम (धान नाच्दा गाइने एक प्रकारको गीत) गाइन्छ। धाननाचमा पालम गाउनु अनिवार्य मानिन्छ। केटा पक्ष र केटी पक्षबीच चरणचरण गरेर सवालजवाफमा गाइने पालममा सृष्टि उत्पत्तिको प्रसंग, मानव सभ्यताको विकासक्रमका सन्दर्भ, मुन्धुमको चर्चा र मायापिरतीसम्मका कुरा गरिन्छ।

पालमी सवालजवाफका क्रममा एकापसमा माया बस्न गई विवाहसमेत हुन पुग्छ। अध्यक्ष चोङबाङले भने, ‘याक्थुङ (लिम्बू) गाउँघरमा धान नाच्ने क्रममा पालाम गाउँदागाउँदै माया बसेर विवाह गरेका जोडी अहिले पनि भेटिन्छन्।’

याक्थुङ (लिम्बू) जातिको इतिहास र संस्कृतिसम्बन्धी विज्ञहरूका अनुसार मानिसहरू कृषि युगमा प्रवेश गरेपछि धाननाचको सुरुआत भएको हो। मुन्धुममा वर्णन गरिएअनुसार धपाउन नपाउने शर्तमा फाङ्भङना नामको चराले घैया धानको बीउ ल्याएर दिएपछि मानिसले खेतीपाती गर्न थाले। तर, उनीहरुले फलाएको अन्न दिनदिनै हुलकाहुल चरा आएर खाइदिन थाले। चरालाई धपाउन नपाइने शर्तकाबीच मानिसहरूले अन्न जोगाउने नयाँ उपाय खोजे।

उनीहरूले पाकेको अन्नलाई खला बनाई एकैठाउँ जम्मा गरे। युवायुवती भेला भएर एकापसमा हात समाइ गोलो घेरा बनाए ‘छुइ हा .. हा ..’ भन्दै धान कुल्चन थाले। यहीँ या?लाक् (धान कुल्चनु) नै पछि या?लाङ् (धाननाच) भएको र चरा धपाउन प्रयोग गरिएको ‘छुइ हा .. हा ..’ बाटै पालामको व्युत्पत्ति भएको बताइन्छ। अहिले धान नाच्ने ठाउँलाई ‘खला’ भन्ने गरिन्छ भने पालाम गाउँदा ‘छुई हा .. हा ..’ वा ‘हाई हा .. हा ..’ भन्ने थेगो प्रयोग गरिने लामो धाननाच संरक्षण अभियन्ता राधा फोम्बोले बताइन्।

याक्थुङ (लिम्बू) जातिको चिनारी र पहिचान बोकेको यही धाननाच लोप हुने अवस्थामा पुग्नु दुखद् भएको याक्थुङ तङनाम संरक्षण समिति आठराईका संयोजक ताराबहादुर कन्दङवा बताउँछन्। पाश्चात्य संस्कृतिको बढ्दो प्रभावले युवापुस्ताले बिर्सिँदै गएको धाननाचसँगै अन्य मौलिक सांस्कृतिक सम्पदाहरूको संरक्षणमा जुट्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २०८१ माघ १३ गते आईतबार १२:०४
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना