२०८३ कार्तिक १७ गते सोमबार

संसार हेर्ने अभिलाषा पूरा भएपछि महोत्तरीका ज्येष्ठ नागरिक मक्ख

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १६
motiyabindu

महोत्तरी – ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो  फर्क्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गरेकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भनिन्, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) ।

पछिल्ला १० वर्षयता मोतियाविन्दुले आँखा टालिदा अँध्यारो भएको संसार अहिलेको शल्यक्रियाले ज्योति फर्कने कुराले दुलारीको खुसीको सीमा छैन । देब्रे आँखाको शल्यक्रिया गरिएकी दुलारीको केहीपछि दाहिने आँखाको पनि गरिनुपर्ने चिकित्सकले सुझाएका उनले बताइन्। केही दिनपछि नै आँखाको पट्टी हटाएपछि लगाउन कालो चश्मा पाउने कुरा पनि उनले बताइन्।

दुलारीजस्तै सोही बस्तीका ७० वर्षीय रामचन्दर सदा पनि आँखाको मोतियाविन्दु हटाउने शल्यक्रियापछि अब उज्यालो संसार देखिने आशले दङ्ग छन् । ‘हेर्नुस् हजुर, हामी गरिबले यो अवसर पाउनु भनेको भगवान् भेटेजत्तिकै हो’, नेपाली राम्रो बोल्न जान्ने रामचन्दरले भने, ‘सित्तैमा हामी मुसहरलाई यो मौका हतपत्त कहाँ जुर्छ र हजुर, यो जसले गराइदिनुभयो, उहाँलाई भगवानले हेरून् ।’

मुसहर मधेसमा स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिक अवसरबाट निकै पछि परेको अति सीमान्तकृत जाति समुदाय हो । दुलारी र रामचन्दरजस्ता अतिविपन्न परिवारका आँखाको समस्या समाधान गरिदिन अहिले बर्दिबास आँखा अस्पतालको पहलकदमीमा इम्प्रुभिङ्ग लाइभ्स इन नेपाल नामक संस्थाले आर्थिक स्रोत जुटाइदिएको हो।

सोमबार र मंगलबार गरी एक सय जनाको आँखाको मोतियाविन्दुको जालो हटाउने शल्यक्रिया बर्दिबास जनसेवा अस्पतालमा सम्पन्न भएको छ । शल्यक्रिया गरिन आँखाका बिरामी यसपटक अत्यन्त गरिब वस्तीबाट परेका दुईदिने यो शिविरको बर्दिबास आँखा अस्पतालका तर्फबाट समन्वय गर्नुहुने मकुन्दप्रसाद पौडेलले बताए।

‘आफ्नै आर्थिक स्रोतले आँखाको उपचार र शल्यक्रिया गराउनै नसक्ने अत्यन्त विपन्न परिवारका सदस्यले यसपालि अवसर पाएका छन्’, पौडेल भन्छन्, ‘आँखाका बिरामीको सर्वेकै क्रममा अत्यन्त गरिब बस्तीमा मोतियाविन्दुका बिरामी भेटेपछि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालसँग अनुरोध गरिएको हो, सो संस्थाले सदासयतापूर्वक प्रस्ताव स्वीकार गरिदिँदा एक सय जनाले आँखाको ज्योति पाएका छन्।’ दुईदिने शिविरमा शल्यक्रिया गरिनेहरू अधिकांश बर्दिबास–१०, ११ खयरमाराका अतिविकट चुरेकाछका बस्तीका गरिब परेका पौडेलले बताए। खयरमारा बर्दिबास मुख्यचोकबाट २० किलोमिटर दूरीमा पर्छ।

‘हामी भनिन त बर्दिबास नगरकै छौँ, तर बिरामी पर्दा हामीले पहिले पुग्ने ठाउँ ४० किलोमिटर छिचोलेर बर्दिबास चोक नै हो’, बर्दिबास–१० की ७० वर्षीया जानकी यादव भन्छिन्, ‘धन्न यी डाग्डरबाबुले हाम्रो सम्झना गरेछन् र आँखाको जालो हटाउने मौका पाइयो।’ सोही बस्तीका ७५ वर्षीय सुरज यादव पनि मोतियाविन्दुको शल्यक्रियापछि फेरि संसार देखिने आसमा दङ्ग छिन्।

शिविरमा जिल्लाकै रामगोपालपुर, जलेश्वर र मनराशिशवा नगर क्षेत्रका मोतियाविन्दुका बिरामी पनि लाभान्वित भएका छन्। ‘सोच्ने नै छली जे मुनायल आँइखक पर्दा फेरु उघरत’ (सोचेकै थिइनँ, जालोले ढाकेको आँखाको पर्दा फेरि उघ्रेला) रामगोपालपुर–४ की ६५ वर्षीया कमोधियादेवी बरही भन्छिन्, ‘दश साल स खेपी रहल अन्हारक पीडा आब सब भुलागेल’ (दश वर्षदेखि खेप्दै आइएको अँध्यारोको पीडा अब सबै बिर्सियो) ।

दुईदिने मोतियाविन्दु शिविरका लागि पहिलो चरणमा वस्ती चयन, दोस्रो चरणमा आँखा जाँच र तेस्रो चरणमा शल्यक्रियाको प्रबन्ध मिलाइएको बर्दिबास आँखा अस्पतालले जनाएको छ । तीनवटै चरणका लागि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालले पाँच लाख ५० हजार रकम उपलब्ध गराएको अस्पतालका स्रोतव्यक्ति शिविरका समन्वयकर्ता पौडेलले जानकारी दिए।

शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्जुन श्रेष्ठ नेतृत्वको सात सदस्यीय टोलीले शल्यक्रियाको काम सम्पन्न गरेको हो । शल्यक्रिया गरिनेहरूमा एक जना ५० वर्षमुनिका र बाँकी सबै यो भन्दा माथिका छन्। अहिले एउटा आँखाको शल्यक्रिया गरिएका धेरैजसोको अर्को आँखाको पनि शल्यक्रिया गरिनुपर्ने चिकित्सकको सुझाव छ।

शल्यक्रिया गरिएका बिरामीमा ५५ पुरुष र ४५ महिला रहेका बर्दिबास आँखा अस्पतालले जनाएको छ।

प्रकाशित: २०८१ माघ १६ गते बुधबार ०७:४१
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना