काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छन्।
केहीबेरअघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधिसभा बैठकमा सहभागी भएका हुन्।
सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो।
सभामुखले आफूहरूलाई पहिले बोल्न नदिएको भन्दै रास्वपा सांसदले बैठक बहिष्कार गरेका थिए।
संसद भवन बाहिर पत्रकारसँग संक्षिप्त कुरा गर्दै रास्वपाकी सांसद सोविता गौतमले बैठकमा बोल्न नपाएकाले १५ मिनेट छोडेको बताइन्।


