झापा – झापाको पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४प ९५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा गाउँपालिका ६ शरणामती निवासी ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए। उपचार क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उनको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।
अस्पताल पुर्याउन साथ बिहान ५ बजे चिकित्सकले उनलाई मृतक घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


