काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु १ हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ।
चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु १ हजार ९३० कायम भएको जनाइएको छ।
सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो।


