२०८३ कार्तिक २३ गते आईतबार

बजेट खर्चमा आरजु अब्बल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २५
arju_rana_deuba (12)
परराष्ट्रमन्त्री डा देउवा (आसन ग्रहण गरेको अवस्थामा) र तत्कालीन परराष्ट्रसचिव सेवा लम्साल। फाइल तस्बिर

काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा सबैभन्दा बढी बजेट खर्च गर्ने मन्त्रालयको सूचीमा परराष्ट्र मन्त्रालय शीर्ष स्थानमा परेको छ।

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अर्धवार्षिक प्रतिवेदनअनुसार नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको नेतृत्वमा रहेको परराष्ट्रले बाँकी मन्त्रालयको तुलनामा बढी बजेट खर्च गरेकी हुन्।

परराष्ट्र मन्त्रालयका लागि चालू आवमा ६ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको थियो। उक्त रकममध्ये ३ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ। चालु आवमा विनियोजन भएको रकममध्ये मन्त्रालयले ५०.६४ प्रतिशत खर्च गरेको अर्थ मन्त्रालयले जानकारी दिएको हो। आर्थिक वर्षको ५० प्रतिशत समय व्यतित हुँदा आरजुले ५० प्रतिशतभन्दा बढी रकम खर्च गरेर आफ्नो मन्त्रालयलाई शीर्ष स्थानमा पारेकी हुन्।

बजेट खर्च गर्ने मन्त्रालयको दोस्रो नम्बरको सूचीमा रक्षा मन्त्रालय छ। रक्षाले यो अवधिमा ४६.३९ प्रतिशत रुपैयाँ खर्च गरेको पनि पनि तथ्यांकले देखाएको छ। यो मन्त्रालयको नेतृत्वमा मानवीर राई छन्।

यो आर्थिक वर्षमा सबैभन्दा कम खर्च गर्ने मन्त्रालयको सूचीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय छ। उद्योग मन्त्रालयले चालू आर्थिक वर्षमा विनियोजित बजेट ८ अर्ब रुपैयाँको ७ प्रतिशत मात्रै खर्च गरेको छ। मन्त्रालयले जम्मा ६१ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ। यो मन्त्रालयको नेतृत्व एमालेका नेता दामोदर भण्डारीले गरिरहेका छन्।

समीक्षा अवधिमा नेपाल सरकारको स्रोततर्फ ६ खर्ब १८ अर्ब ५१ करोड रूपैयाँ खर्च भएको छ। जुन गत आर्थिक वर्षको खर्चको तुलनामा १५.८६ प्रतिशतले बढी हो। वैदेशिक अनुदानतर्फ ७ अर्ब ७१ खर्च भएको छ। यस्तो खर्च गत आर्थिक वर्षको तुलनामा ४२.७९ प्रतिशतले बढी हो।

वैदेशिक ऋणतर्फ ४१ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको र यो गत वर्षको तुलनामा ४६.७५ प्रतिशतले बढी भएको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्।

यस्तो छ बजेट खर्चको प्रगति विवरण

प्रकाशित: २०८१ माघ २५ गते शुक्रबार ०७:०५
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना