२०८३ कार्तिक १२ गते बुधबार

विधेयक रोकेर नराख्ने हो भने अध्यादेश सायदै आउँछन्

 |  हरिविनोद अधिकारी
Sanket

हरिविनोद अधिकारी

काठमाडौँ, माघ २५
haribinod_adhikari

संघीय संसद्का दुवै सदन-प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक यही माघ १८ गते सुरु भइसकेका छन्। २०७९ सालको आमनिर्वाचनपछिको संघीय संसद्को पाँचौँ अधिवेशन हो। यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा हेरिएको छ।

पहिलेदेखि संसद्का दुवै सदनमा रहेका, यसबीचमा प्रस्तुत भएका अध्यादेशहरू र विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा विचाराधीनसमेत गरी झन्डै पाँच दर्जन कानुन बन्ने क्रममा देखिन्छन्। अधिवेशनको पहिलो दिन नै छवटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन्।

स्मरणीय छ, अध्यादेशको कानुनी उमेर बढीमा छ महिनाको हुन्छ, छ महिनाभित्रमा संसद्मा प्रस्तुत भएन भने यो स्वतः निष्क्रिय हुन्छ। ६ महिनाभित्रमा संसद्मा प्रवेश गरेमा ६० दिनभित्रमा संसद्ले सदर या बदर गरिसक्नुपर्छ। विसं २०८१ असारको अन्त्यमा बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाली काँग्रेस सम्मिलित सरकारको कार्यावधि झन्डै सात महिना हुन लाग्यो।

यसबीचमा सरकारले थालनी गरेका कतिपय कामहरूको कार्यान्वयनमा देखिएका कानुनी अड्चनहरूको समाधान खोज्न पाँच वटा अध्यादेश ल्याइएको छ। संविधानअनुसार संसद् नबसेको बेलामा आवश्यक परेर अध्यादेश ल्याएको हो, करिब दुई दर्जनभन्दा बढी ऐनमा संशोधन गर्नका लागि विभिन्न विषय समेटेर ती अध्यादेशहरू ल्याइएका छन्।

सैद्धान्तिक कुरा गर्दा प्रत्येक लोकतान्त्रिक सरकारले संसद्को अधिवेशन नबसेको बेलामा, आवश्यकताअनुसार कुनै पनि बेला तत्काल चाहिएको कानुन भए राष्ट्रपतिमार्फत जारी गराउने संसदीय परम्परा छ। नेपालमा पनि त्यो परम्परा छ।

संसद्को अधिवेशन कहिले बोलाउने भन्ने पनि हाम्रो संविधानअनुसार सरकारले अधिवेशनको मिति तोकेर राष्ट्रपतिमार्फत आह्वान गराउने परम्परा छ। त्यही अनुसार संसद्को अधिवेशन पनि बोलाइएको हो र केही दिन पहिले मात्र आवश्यक परेको भनेर अध्यादेश पनि जारी गरिएको हो। अध्यादेशको विरोध गर्नुभन्दा त्यसलाई कसरी जनमुखी बनाउन सकिन्छ भन्नेमा प्रतिपक्षी सांसदहरुले सुझाव दिन सक्छन्।

यो अधिवेशनमा विभिन्न ऐनहरू बन्ने क्रममा छन् जसमा सबैभन्दा बढी चर्चित विद्यालयसम्बन्धी ऐन, प्रहरी ऐन, निजामती ऐन, सहकारी ऐन, मिडिया काउन्सिल ऐन, सामाजिक सञ्जाल ऐन र भूमिसम्बन्धी ऐन हुनेछन्। भर्खरै राष्ट्रियसभामा मिडिया कानुन विधायन समितिको सुझावसहित प्रस्तुत भएको छ भने सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ।

तिनका बारेमा चर्चा र निर्णय तत्काल आवश्यक परेको देखिन्छ। जहाँसम्म विद्यालयसम्बन्धी ऐनको कुरा छ, आज पनि पञ्चायतकालीन नयाँ शिक्षा योजना लागू गर्न ल्याएको शिक्षा ऐन २०२८ विभिन्न संशोधनमार्फत लागू भइरहेको अवस्था छ। बदलिँदो अवस्थामा विद्यालय ऐन मात्र होइन, विश्वविद्यालयहरूका लागि आवश्यक ऐनहरू पनि बन्नु जरुरी छ। त्यस्ता अनेक ऐन बन्न बाँकी छन्, जसले मौलिक हकको व्यवस्थामा बाधा पुर्‍याइरहेका छन्।

अध्यादेशको विरोध गर्नुभन्दा त्यसलाई कसरी जनमुखी बनाउन सकिन्छ भन्नेमा प्रतिपक्षी सांसदहरुले सुझाव दिन सक्छन्।

विभिन्न विधेयक समितिहरूमा अड्केको अवस्था छ। अनि संसद्को अधिवेशन समाप्त भएपछि कतिले फेरि संसद्मा प्रवेश नै पाएका हुँदैनन्। या त सरकारको प्राथमिकतामा पर्दैनन्, या त संसद्को प्राथमिकतामा पर्दैनन्। जस्तो कि अध्यादेशका बारेमा संविधानमा नै स्पष्ट व्यवस्था छ, यदि संसद्मा प्रवेश गरेको ६० दिनमा पनि पारित भएन भने त्यो स्वतः निष्क्रिय हुन्छ र फेरि नयाँ विधेयक बनाएर ल्याउनुपर्छ या अध्यादेशका रूपमा कार्यान्वयन गराउनुपर्छ।

त्यसै गरी, विधेयकमा पनि त्यस्तै प्रावधान राखिनु जरुरी छ। अहिलेको अध्यादेश आवश्यक परेर ल्याएकाले र तत्काल पारित नगरे कार्यान्वयनका लागि जटिलता थपिन्छ भनेर शीघ्र प्रक्रियाबाट पारित गराउने भनेर सत्तापक्षले भन्दै आएको छ र जुन संसद्मा विचाराधीन छ। संसद् सकारात्मक रूपमा विवादको समाधान खोज्ने थलो हो, जहाँ सांसदहरुले विचार मन्थन गरेर कानुन बनाउँछन् र समसामयिक रूपमा मुलुकका लागि अति आवश्यक विषयमा कानुन, सङ्कल्प र विभिन्न सिद्धान्तहरू प्रतिपादन गरिन्छन्।

तर संसद्लाई नै बन्धक बनाउने गरी कैयौँ दिनसम्म संसद् अवरोध गरेर कुनै सानोतिनो विषयमा अनावश्यक विवाद गर्ने काम नगरियोस् भन्ने चाहना आम नागरिकमा हुन्छ। नागरिकको चेतना धेरै उन्नत छ। संसदीय व्यवस्थामा संसद्ले नै हो जनताका भावनाको प्रतिनिधित्व गर्ने।

सरकार बनाउने र सरकारलाई बाटो देखाउने। सङ्ख्याको हिसाबले कहिले को पक्ष होला, कहिले को विपक्ष होला, को सरकारमा होला, को सरकारको विपक्षमा होला, तर संसद्ले जनताको प्रतिनिधित्व गरिरहेको हुन्छ जहिले पनि। यो हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा प्रयोग गरौँ, संसद्लाई सरकारले ‘बिजिनेस’ दिनैपर्छ। विधेयकहरू रोकेर नराख्ने हो भने अध्यादेश सायदै आउला। त्यसैले यो अधिवेशनमा विवादभन्दा संवादमा जाऔँ र जनताका आवश्यकता पूरा गर्न सरकारलाई झकझकाऔँ।

संसदमा राजनीतिक सहनशीलता
संसद्मा अभिव्यक्ति स्वतन्त्रता नै राजनीतिक सहनशीलता र राजनीतिक उदारताको आधार स्तम्भ हो। शिष्टताका साथ मनमा लागेका कुराहरू भन्ने र आलोचना सुन्ने सुनाउने क्षमता नै अभिव्यक्ति स्वतन्त्रता हो। पक्ष र विपक्षका भनाइ र त्यहाँ हुने कटाक्ष अनि आवश्यकता परे मतदान र हारजित नै निरापद क्षमता बढाउने (इम्युन) र प्रतिरक्षा क्षमता बढाउने प्रक्रिया हो, जसले सहनशीलताको स्तर वृद्धि गर्दछ।

प्रत्येक दलले आफ्ना सांसदलाई लगाम लगाउँछ, आदेश जारी गर्दछ कि यसो गर्ने वा यसो नगर्ने भनेर। विपक्षीहरूको काम कर्तव्यहरूले पनि सरकारलाई र सत्ताधारी दललाई सहनशील र अझ जिम्मेवार बनाउँछ। सभाध्यक्षले पक्षपात नगरी सहनशीलतालाई वृद्धि गर्दछन्। हाम्रो संविधानले संसद्लाई विशेषाधिकार दिएको छ, संसद्मा बोलिएका कुराहरूका आधारमा कानुनी उपचार खोज्न पाइँदैन र कतै कुनै अदालतमा उजुरबाजुर गर्न पाइँदैन।

राजनीतिक सहनशीलता लोकतन्त्रको पहिलो सिद्धान्त नै हो। राजनीतिक विचारहरूको सहमति र सदाशयतालाई एउटै स्वरूप दिनका लागि राजनीतिक सहनशीलता वा राजनीतिक उदारता आवश्यक पर्दछ। आपसमा देखिने विवाद वा द्वन्द्वको समाधानका लागि पहिलो र आवश्यक तत्त्व नै राजनीतिक सहनशीलता वा राजनीतिक उदारता हो जसले आवश्यकताबमोजिम कसैसँग वार्ता वा छलफल गर्न र समस्या समाधानका लागि अघि बढ्न सक्षमता प्रदान गर्दछ।

राजनीतिक सहनशीलता कसरी प्राप्त गर्न सकिन्छ? राजनीतिक संस्कृतिको विकासबाट। राजनीतिक संस्कृतिको विकास कसरी सम्भव छ त? शिक्षाबाट, अभिव्यक्ति स्वतन्त्रताबाट र सञ्चारका माध्यमबाट। राजनीतिक सहनशीलता सबै दलका नेताहरूमा जरुरी छ।

संघीय संसद्को अधिवेशन सुरु भएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित प्रतिनिधिसभाका सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसमक्ष आफ्नो निलम्बन फुकुवा गरेर नियमित रूपमा संसद्का कार्यमा सक्रिय हुन पाउने गरी भेटेरै निवेदन दिएका छन् र त्यो निवेदन महासचिवका नाममा दिएका हुन्। उनको विचारमा थुनाबाट आफू धरौटीमा छुटेकाले नियमित रूपमा संसदीय कारबाहीमा फर्कन पाउनुपर्ने भन्ने छ।

संसद् नै संसदीय व्यवस्थाको मुटु हो। संसद्ले नै सबै विवादहरूको समाधान शान्तिपूर्ण तरिकाले गर्छ र जनताको प्रतिनिधिको हैसियतले सरकारका सबै अंगहरूलाई नियन्त्रण र सन्तुलनका लागि पूर्वाधार तयार गर्छ। त्यस कारणले भनिन्छ, संसद् बिना प्रजातन्त्र चल्नै सक्दैन, प्रजातन्त्र बिना संसद्को कुनै अर्थ पनि हुँदैन। संसद् स्वतन्त्र हुन्छ, यति शक्तिशाली हुन्छ कि कार्यपालिकाको निरङ्कुशता र न्यायपालिकाको गलत निर्णयहरूको उपचार खोज्नका लागि नयाँ नयाँ कानुन बनाउने काम गर्छ।

यस अधिवेशनलाई परिणाममुखी बनाउन सकिएमा आवश्यक कानुनहरू पारित हुनाका साथै संसद्प्रतिको जनविश्वास अझ बढेर जानेछ। तसर्थ, संसद्को सदुपयोग गर्नका लागि सबै सांसदलाई सजग गराउनु नागरिक समाजको कर्तव्य हो र सञ्चारकर्मीहरूको दायित्व हो। -रासस

प्रकाशित: २०८१ माघ २५ गते शुक्रबार ०६:०१
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना