काठमाडौँ – चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटार नजिकै एक मिनी ट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरेका छन्।
उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
१ सय ४३ वटा खसीबोका लोड गरेर बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक रोडको साइडमा अनियन्त्रित भई पल्टिएको हो ।
उक्त मिनी ट्रक बर्दिया राजापुर नगरपालिका ३ बस्ने वर्ष २५ का बुद्धिराम थारूको रहेको प्रहरीको भनाइ छ । चालक पनि उनी आफै रहेका थिए ।


