काठमाडौँ- फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टमा राखेको छ।
वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, सहकारी समस्या र कानून कार्यान्वयनमा उदासीनता जस्ता कारण देखाउँदै एफएटिएफले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा राखेको हो।
यसैबीच उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिस्टबाट बाहिर निस्कने बताएका छन्।
यसबारे संक्षिप्त प्रतिकृया दिँदै पौडेलले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो। पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ। एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौँ।’
एफएटीएफ नेपाललाई अक्टोबर २०२४ भित्र आवश्यक सुधार गर्न चेतावनी दिएको थियो। तर तोकिएको समयमा आवश्यक सुधार नपरेसँगै नेपाल ग्रे लिस्टमा परेको हो।


