काठमाडौँ– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिनका अवसरमा एन्फा कम्प्लेक्समा फुटबल हेर्न जाने भएका छन्। आइतबार केपी ओली कप फुटबल प्रतियोगिता हेर्न एन्फा कम्प्लेक्स जाने उनले फेसबुकबाट जानकारी दिएका हुन्।
आफ्नो जन्मदिनका अवसरमा प्रधानमन्त्री ओलीले यो पटक अन्य कुनै कार्यक्रम नराखेको जनाएका छन्।
‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ। खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला। शुभकामना आदानप्रदान त्यहीं गरौँला।’


