२०८३ कार्तिक १७ गते सोमबार

महाशिवरात्रिमा पशुपतिनाथ जाँदै हुनुहुन्छ? यी हुन् ध्यान दिनुपर्ने कुरा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १३
shivratri
फाइल तस्बिर

काठमाडौँ- फागुन १४ गते महाशिवरात्रिको विशेष दिन भएपनि सोमबारदेखि पशुपतिनाथमा भिडभाड बढ्न थालेको छ। पशुपतिनाथ मात्र नभएर देशभरका शिवालयहरुमा शिवरात्रिका दिन विशेष मेला लाग्दैछ। हिन्दूहरुका आराध्यदेव भगवान शिवको विशेष पूजाआजा गरी मनाइने यो पर्वमा निराहार व्रत बसी पूजाआजा गर्ने गर्छन्। मेला भर्न जानेहरुले शिवालय आसपासका क्षेत्रमा घुइँचो लाग्ने गर्छ।

विगतका वर्षमा शिवरात्रिमा काठमाडौँको पशुपति क्षेत्रमा ५० लाख भक्तजनले दर्शन गरेको आकलन गरिँदै आएको छ। यसपालि भारतको प्रयागराजमा महाकुम्भ मेला लागेकाले त्यहाँ स्नान गरी पशुपतिनाथ आउने भारतीय भक्तजनको संख्या बढ्न सक्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ। शिवरात्रिको लागि एम्बुलेन्स, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसहित स्वास्थ्य शिविर सञ्चालन हुँदैछन्। भीड व्यवस्थापनको लागि ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमनको तालिका बनाएको छ।

यसरी मेलामा जानुपूर्व शहरी भेगमा ट्राफिक व्यवस्थापनको बारेमा समेत जानकारी लिएर जानु उचित हुन्छ। यस्तो मेलामा अनेकथरी मान्छेको उपस्थिति हुने भएकाले अप्रिय घटना पनि यही भीडमा हुने जोखिम हुन्छ। भीडभाडमा धुलोधुवाँबाट बच्न मास्क प्रभावकारी हुन्छ। त्यसैले भीडमा जाने बेला मास्कको प्रयोग गर्न छाड्नु हुँदैन। मास्कलाई राम्रोसँग नाक मुख छोपिने गरी लगाउनुपर्छ।

जतिधेरै भीडभाड हुन्छ, उति धेरै आपराधिक गतिविधि हुने सम्भावना हुन्छ। चोरी तथा पाकेटमारीको समस्या पनि शिवरात्रिको मेलामा हुन सक्छ। गरगहना र बहुमूल्य सामग्रीहरुलाई घरमै छाडेर जानु उपयुक्त हुन्छ।

कतिपयले देखासिकीको लागि पनि महँगा गहना लगाएर जाने गरेको देखिन्छ। धेरै रकम लिएर जान पनि उपयुक्त हुँदैन। धेरै वटा मोबाइल र धेरै वटा डिजिटल डिभाइसको सुरक्षा गर्न गाह्रो हुने भएकाले सक्दो कम सामग्री र उपकरण मात्र लिएर मेलामा जानु सुरक्षाका दृष्टिकोणले बुद्धिमानी हो। अहिले प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन भुक्तानीको चलन बढ्दो छ। त्यसैले अप्टेरो अवस्थामा अनलाइन भुक्तानीको सहायता लिन सकिने भएकाले मेला भर्न जाँदा थोरै पैसा बोकेर जानुपर्छ।

भीडभाडमा महिलामाथिको दुर्व्यवहारको जोखिम पनि बढी हुने गर्छ। अव्यवस्थित भीडमा महिलामाथि दुर्व्यवहार हुने जोखिम पनि बढी हुने भएकाले सचेत हुनुपर्छ। सकेसम्म त्यस्तो अव्यवस्थित भीडमा जानुहुँदैन। जानै परेपनि आफ्नो वरपरका मान्छेमाथि निगरानी गरिराख्नुपर्छ।

कतिपय स्वास्थ्य समस्या भोगेका एवं अशक्तहरु यस्तो मेला भर्न जाँदा बिरामी पर्ने, बेहोस हुने जस्ता जोखिम बढी हुन्छ। काठमाडौंको पशुपति दर्शन गर्न लाइनमा बस्दा पनि सतर्क रहनुपर्छ। त्यसैले स्वास्थ्य समस्या भएकाहरुले लामो समय लाइनमा बस्नुहुँदैन।

भिडमा बालबालिका हराउने समस्या हुन्छ। सकेसम्म यस्तो भीडभाडमा सकेसम्म बच्चा नलैजाँदा राम्रो हुन्छ। बच्चा लैजानै परेपनि उनीहरुको राम्रो ख्याल गर्नुपर्छ।

यी हुन् सवारी साधन निषेधित सडक र पार्किङ क्षेत्र
महाशिवरात्रि पर्व (फागुन १४) को अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त पार्न सुरक्षा योजना तयार पारेको प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ। वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ हुने छन्। त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनलाई पार्किङ व्यवस्था मिलाइएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरू छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ। धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्बाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने जनाइएको छ। त्यसका लागि करिडोर सडक र भित्री सडकसमेतमा ट्राफिक प्रहरी खटाइने ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए।

तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्र पार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारी साधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

गौशाला चोकमा भिडभाड भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ।

सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकसमेतमा ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राख्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षकको कमान्डमा कमाण्ड सेन्टर राखी आठ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ भने आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरीसमेत खटाइँदै जाने ट्राफिक प्रहरीका प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिए।

प्रकाशित: २०८१ फाल्गुण १३ गते मङ्गलबार ०७:५३
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना