काठमाडौँ – शुक्रबार बिहान नेपाल चीन भुटानमा धक्का महसुस गरिएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
राष्ट्रिय मापन केन्द्रले बिहान २ बजेर ५१ मा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको जनाएको थियो। काठमाडौँबाट ६५ किलोमिटर पूर्व सिन्धुपाल्चोकमा गएको भूकम्पको धक्का भारतको पटना बिहार बंगलादेशसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले पनि जनाएका छन्।
भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र रहेको थियो। भूकम्पबाट भएको भौतिक र मानवीय क्षतिको विवरण प्राप्त नभए पनि सिन्धुपाल्चोक जिल्ला कारगारमा रहेका एक कैदी भाग्ने क्रममा घाइते भएका त्यहाँस्थित जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा क्षतिको विवरण नआइसकेको जानकारी दिए। साथै तयारी अवस्थामा बसेको पनि जानकारी दिए।


