२०८३ कार्तिक १७ गते सोमबार

किराँत बस्ती वाम्द्यालमा बन्यो स्वालेवा स्तम्भ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १८
swalewa

ओखलढुङ्गा- ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ।

किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा वाम्बुले ‘राई समाज’ नामक संस्थाको अग्रसरतामा उक्त पार्क निर्माण गरिएको हो।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहबीच पार्कको उद्‌घाटन गर्दै ऐतिहासिकस्थलमा नमूना पार्क बनेकामा प्रशंसा गरे।’संस्कृति र सांस्कृतिक स्थलको संरक्षण सरकारले गर्दै आएको छ।यस ठाउँका लागि पनि सरकारले आवश्यक सहयोग गर्नेछ,’ उनले भने।​

राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले किरातीहरूको मुन्दुममा स्वालेवाको सांस्कृतिक महत्त्व धेरै भएको बताए।

सांसद रामहरि खतिवडाले स्वालेवा पार्क देशको स्वाभिमानका रूपमा ठडिएको बताए।अब यसलाई पर्यटनसँग जोड्नुपर्नेमा उनले जोड दिए।

पूर्वसांसद तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले राष्ट्रियता केवल ढुङ्गा र माटो मात्र नभएर मान्छेको पहिचान भएको बताए। उनले भने, ‘वाम्बुले समुदायले बनाएको स्वालेवा पार्क यस समुदायको मात्र पहिचान हैन, यो त राज्यको हो।यसको सम्वर्द्धनको काम राज्यले गर्नुपर्छ।’

कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवारले राज्यले संस्कृति र पहिचानलाई सम्पत्तिका रूपमा बुझ्नुपर्ने बताए।सबै जातिका संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो।

वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राईले आगामी दिनमा पार्कको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने चुनौती थपिएको बताए।​

विक्रम संवत् २०७४ देखि निर्माण शुरू गरिए पनि बजेट अभावका कारण पार्क निर्माण सम्पन्न गर्न सात वर्ष लाग्यो।

पार्क दुई रोपनी क्षेत्रफलमा फैलिएको छ भने स्वालेवाको उचाइ ३९ फिट रहेको छ।स्वालेवासँगै अदुवाको समेत स्तम्भ निर्माण गरिएको छ।उक्त स्तम्भ चर्चित मूर्तिकार धनु याख्खा नेतृत्वमा मूर्तिकारहरूले निर्माण गरेका हुन्।

पार्क तीनै तहका सरकारबाट रु ६२ लाख र स्थानीय समुदायले चन्दा सङ्कलन गरी रु २७ लाख ८९ हजार ८८४ गरी गरी रु ८९ लाख ७९ हजार ८९४ लागतमा निर्माण गरिएको पार्क निर्माण समितिका आर्थिक संयोजक मुम्चे राईले जानकारी दिए।​

स्वालेवा किरात समुदायले जन्मदेखि मृत्यु सँस्कारसम्म अनिवार्य प्रयोग गर्ने सामग्री हो।यो एक वनस्पतीय फल हो।

प्रकाशित: २०८१ फाल्गुण १८ गते आईतबार ०८:३६
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना